कास्कीका चार गाउँपालिकालाई पोखरा महानगरपालिकाद्वारा स्वास्थ्य सामाग्री प्रदान
- गाउँ सहर संवाददाता
- २ बैशाख मंगलबार, २०७७ | १४:२८:०० मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिकाले कास्कीका चार वटै गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महानगरपालिकाले प्रत्येक गाउँपालकालाई दश थानका दरले व्यक्तिगत सुरक्षा उपकरण (पिपीई) प्रदान गरेकाे छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरलाई, उपप्रमुख मञ्जुदेवी गुरुङले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङलाई र प्रमुख प्रशासकीय अधिकृत ध्रुवकुमार पोखरेलले रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल र मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटालाई १०-० थान ती सामग्री हस्तान्तरण गरेका हुन् ।
महानगरपालिकाल प्रमुख जिसीले कास्कीका स्थानीय तहको नेतृत्वदायी भूमिका निर्वाह गर्न पोखरा महानगरले दुखमासँगै छौं भन्ने सन्देश दिन सामग्री हस्तान्तरण गरेको बताए ।
जिसीले करिब १६ लाखको पिपिई खरिद गरी विभिन्न संघ संस्थालाई उपलब्ध गराउने क्रममा ४ वटै गाउँपालिकालाइ पनि दिइएको जानकारी दिए ।
पिपिई बुझ्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले कोरोना भाइसरका कारण स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री अति आवश्यक भएको भन्दै महानगरले गरेको सहयोग सराहनीय रहेको बताउँदै पिपिई नहुँदा गााउँपालिकाका कार्यरत स्वास्थ्यकर्मीलाई काम गर्न समस्या परेकोमा अब भने सहज हुने बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस