विश्व

एशियाका सबैभन्दा धनी मुकेश अम्बानीलाई चीनका ज्याक माले उछिने

  • २७ फाल्गुण मंगलबार, २०७६ | १४:१९:०० मा प्रकाशित

भारतीय बिजनेस टाइकुन मुकेश अम्बानी एशियाका सबैभन्दा धनाढ्य रहेनन्। डेढ वर्ष एशियाका सबैभन्दा धनीको ताज पहिरिएका मुकेशलाई  चीनका ज्याक माले उछिनेका छन्।

विश्वभरको सेयर बजारमा आएको गिरावट तथा तेलको मूल्यमा देखिएको कमीका कारण मुकेशको सम्पत्ति कम भएको छ । यसैकारण एशियाका धनाढ्यको उपाधि चीनका ज्याक माको भागमा पर्‍यो।

कोरोना भाइरसको त्रासले विश्व नै मन्दीतिर धकेलिने सम्भावना भइरहेका बेला सोमबारमात्रै अम्बानीको सम्पत्तिबाट ५.८ अर्ब डलर गुम्यो र उनलाई एशियाका धनाढ्यको सूचीमा एक स्थान ओर्लन बाध्य बनायो।

ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार अलिबाबा ग्रुप होल्डिङ लिमिटेडका संस्थापक ज्याक माको सम्पत्ति ४४.५ अर्ब डलर अर्थात मुकेश अम्बानीको भन्दा २.६ अर्ब डलर धेरै देखियो। सन् २०१८ को मध्यदेखि ज्याक मा पछि परेपनि हाल उनले नम्बर १ को ताज फिर्ता पाएका छन्।

 

तपाईँको मत