महाकाली अस्पतालमा चिकित्सक अभाव
- रासस
- २० असोज सोमबार, २०७६ | १२:३३:०० मा प्रकाशित
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ । दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा बिरामीलाई अन्यत्र ‘रिफर’ गरिदैँ आएको छ ।
चिकित्सककै अभावमा बिरामीले भारतीय निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराउनु परेको छ । अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी भएपनि प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला रोग विशेषज्ञ शम्भु जोशी गरी दुई चिकित्सक मात्रै कार्यरत छन ।
अस्पतालमा डेन्टल नवौँ तहका सात मेडिकल अधिकृत, १० औँ तहका १६ र ११ औँ तहका चार चिकित्सकको दरबन्दी भएपनि दुई बाहेक सबै दरबन्दी रिक्त अबस्थामा रहेको अस्पतालका सूचना अधिकारी केशवदत्त अबस्थीले बताए । उनका अनुसार चिकित्सा परिचालन निर्देशनालयबाट चार मेडिकल, दुई डेन्टल अधिकृत र अस्पताल व्यवस्थापन समितिबाट एक चिकित्सक मात्रै कार्यरत रहेका छन ।
अस्पतालमा सामान्य रोगका बिरामी बाहेक गम्भीर प्रकृतिका बिरामीलाई उपचारका लागि अन्यत्र सिफारिस गरिदै आएको छ । अस्पतालमा रहेका उपकरणहरु चलाउने जनशक्ति नहुँदा समेत समस्या भएको छ ।
रासस
राष्ट्रिय समाचार समिति सम्पूर्ण सूचनाकाे राष्ट्रिय सञ्जाल हाे ।
- गाउँमा सडक पुग्यो, मासिए सम्पदा, नामोनिसान पनि मेटिए
- “निजी क्षेत्रले सातवर्षमा सय खर्बको जिडिपी बनाउने भन्नु र हामीले पाँच वर्षमा ८० खर्ब भन्नु उस्तै हो”
- मनाङको तापक्रम माइनस १६
- अन्तरजातीय विवाह गरेका एक जोडीलाई एक लाख
- दसैँकाे बेला किसानलाई धान भित्राउने चटारो
- हल गोरु पाल्ने किसानलाई चार हजार रुपैयाँ अनुदान
- पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्याे, कहाँ-कति ?
- जग्गा बेच्दै धान किनेर खाने बढे
- प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा देशकै दोस्रो ठूलो सबस्टेशनको उद्घाटन
- किसानलाई पेन्सन दिने गाउँपालिका, आत्मनिर्भर बनाउन प्रेरित गर्दै
प्रतिकृया दिनुहोस