शक्तिपीठ राजदेवीमा प्रसाद चढाउन रातिदेखि नै भीड
- रासस
- १९ असोज आइतबार, २०७६ | १०:०२:०० मा प्रकाशित
जनकपुर । बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने क्रम शुरू भएको हो ।
पूजा व्यवस्थापक एवं महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहका अनुसार मध्याह्न १२ बजेसम्म प्रसाद चढाउने र महिलाले खोंइछ भर्नेछन् । प्रसाद र खोंइछ भर्ने क्रम सम्पन्न भएपछि मन्दिर सफा गरी साँझ हुने बोका बलिको तयारी गरिने बताइएको छ ।
त्यस्तै यहाँको विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोकमा बनाइएको दुर्गा प्रतिमास्थलमा पनि रातिदेखि नै खोंइछ भर्ने महिलाहरू लाममा लागेका छन् । विद्यापति चोकको दुर्गा मन्दिरमा खोंइछ भर्ने महिलाको सबैभन्दा लामो लाम देखिएको छ । सो मन्दिरमा रातिदेखि नै खोंइछ भर्ने श्रद्धालु महिलाको भीड रहेको जनाइएको छ ।

रासस
राष्ट्रिय समाचार समिति सम्पूर्ण सूचनाकाे राष्ट्रिय सञ्जाल हाे ।
- म्याग्दीको मङ्गला गाउँपालिकामा बाटाे खुलेको १४ वर्षपछि स्तरोन्नति
- पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा
- गाउँमा सडक पुग्यो, मासिए सम्पदा, नामोनिसान पनि मेटिए
- “निजी क्षेत्रले सातवर्षमा सय खर्बको जिडिपी बनाउने भन्नु र हामीले पाँच वर्षमा ८० खर्ब भन्नु उस्तै हो”
- मनाङको तापक्रम माइनस १६
- अन्तरजातीय विवाह गरेका एक जोडीलाई एक लाख
- दसैँकाे बेला किसानलाई धान भित्राउने चटारो
- हल गोरु पाल्ने किसानलाई चार हजार रुपैयाँ अनुदान
- पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्याे, कहाँ-कति ?
- जग्गा बेच्दै धान किनेर खाने बढे
प्रतिकृया दिनुहोस