गाउँ सहर

भैँसीपालनबाट मासिक डेढ लाख आम्दानी

  • १५ चैत बिहीबार, २०७४ | १३:४०:०० मा प्रकाशित

पाल्पा । रामपुर–६, विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल भएका छन् ।उन्ले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्छन् । अर्याल करीव दश वर्षदेखि भैँसीपालन व्यवसायमा छन् ।

उन्ले उत्पादन गरेको दूध स्थानीय रामपुर बजारमा खपत हुन्छ । पैसा कमाउनका लागि विदेश चाहर्नेका लागि स्वदेशमा कृषि, पशुपालन तथा अन्य व्यवसायबाट मेहनतअनुसार आम्दानी हुन्छ भन्ने उनी नमूना बनेका छन् । कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रमार्फत अर्यालले भैँसीपालन गर्दै आएका छन् । भैँसीपालन केन्द्रमा भैँसीको दूधसँगै मुर्रा जातका भैँसीका पाडापाडीसमेत उत्पादन हुदैँ आएको उन्ले बताए । 

केन्द्रमा अहिले २२ वटा मुर्रा भैँसी रहेका छन् । हाल नौवटा भैँसी र दुईवटा गाई दुहुना छन् । केन्द्रमा रहेको एउटा भैँसीले तीन पटकसम्म दिनमा दूध दिँदै आएको उन्ले बताए । पचास रोपनी जग्गामा भँैसीका लागि आवश्यकताअनुसार घाँस खेती गर्दै आउनुभएका अर्यालको भैँसीपालन केन्द्र यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ अहिले पाँच जनाले रोजगार पाएका छन् ।  रासस

तपाईँको मत