मानव बेचविखन कार्यमा सङ्लग्न छ व्यक्ति पक्राउ
- रासस
- ९ भदौ सोमबार, २०७६ | २१:३०:०० मा प्रकाशित
काठमाडाैँ । आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार तामाङ, पोखराका डोलेन्द्र कार्की, पर्वतका शिव शर्मा, काभ्रेका अस्मिरा चौलागाइँ र काभ्रेकै अर्जुन कार्कीलाई विभिन्न मितिमा पक्राउ गरि आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता गोविन्द थपलियाले आकर्षक तलब र अध्ययनको प्रलोभनमा पारेर प्रतिव्यक्ति रु १५ देखि २० लाख ठगी गरेको अनुसन्धानमा खुलेको जानकारी दिए । “काठमाडौँबाट मलेशिया हुँदै इण्डोनेसिया पु-याइ पीडितको राहदानी, नगद तथा भिसालगायत आवश्यक कागजात नियन्त्रणमा लिएर बन्धक बनाएको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता थपलियाले भने ।
पक्राउ व्यक्तिले पीडितलाई पर्याप्त खाना समेत नदिएर बन्धक बनाइ कुटपीट गरी आर्थिक, शारीरिक तथा मानसिक शोषण गरेको ब्यूरोले जनाएको छ । ब्यूरोको सहयोगमा पीडित व्यक्तिहरुको उद्दार गरिएको थियो । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रवक्ता थपलियाले बताए ।
पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान तथा कारबाही गरिने ब्यूरोले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति सम्पूर्ण सूचनाकाे राष्ट्रिय सञ्जाल हाे ।
- गाउँमा सडक पुग्यो, मासिए सम्पदा, नामोनिसान पनि मेटिए
- “निजी क्षेत्रले सातवर्षमा सय खर्बको जिडिपी बनाउने भन्नु र हामीले पाँच वर्षमा ८० खर्ब भन्नु उस्तै हो”
- मनाङको तापक्रम माइनस १६
- अन्तरजातीय विवाह गरेका एक जोडीलाई एक लाख
- दसैँकाे बेला किसानलाई धान भित्राउने चटारो
- हल गोरु पाल्ने किसानलाई चार हजार रुपैयाँ अनुदान
- पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्याे, कहाँ-कति ?
- जग्गा बेच्दै धान किनेर खाने बढे
- प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा देशकै दोस्रो ठूलो सबस्टेशनको उद्घाटन
- किसानलाई पेन्सन दिने गाउँपालिका, आत्मनिर्भर बनाउन प्रेरित गर्दै
प्रतिकृया दिनुहोस