विश्व

जहाज समुन्द्रमा झर्यो; पाइलटले पखेटामा उभिएर भिडिओ बनाए, भने— बाँचियो

  • ६ भदौ शुक्रबार, २०७६ | १५:२३:०० मा प्रकाशित

सेक्रामेन्टो, अमेरिका । अमेरिकाको उत्तरी क्यालिफोर्निया तट हाफ मून बे मा बुधबार एक ट्विनेटर एयरक्राफ्ट बीई-३६ आगो लागेर समुन्द्रमा झर्यो । हवाई जहाजमा पाइलट डेविड लेश र उनका एक साथी कयला सवार थिए । विमान क्र्यास पछि दुबै सुरक्षित छन् ।

विमान दुर्घटना हुनुभन्दा अगाडि उनीहरु समुन्द्रमा हाम फालेका थिए । करिब ३० मिनेट पछि कोस्टगार्डका अधिकारीले हेलिकप्टरको मद्यतले उनीहरुलाई बचाए । विमान झरेपछि पाइलत र महिलाले विमानमै उभिएर भिडिओ बनाए । पाइलट डेविड लेशले भने, ‘हामी भाग्यमानी हौ कि हामी दुबै बच्यौँ, तर पानी ज्यादै नै चिसो छ ।’

मिडिया रिपोर्टका अनुसार भिडिओमा विमान पानीमा झरेको देख्न सकिन्छ । हावाबाट पनीमा तैरिएपछि लेश र कायलाले विमानको पखेटामा उभिएर विमान डूब्ने समय सम्म भिडिओ बनाइरहे । यसपछि जब पानीमा तैरिरहेका थिए, रेश्क्यु बल्ल पूगेको थियो ।

३४ वर्षका पाइलट लेशले भने, ‘उनको साथीले गोल्डन गेट ब्रिज र खाडीमाथी उडाउने योजना बनाएकी थिइन् । तर विमानको बीचक्राफ्ट बोनांजा इन्जिन फेल भयो । मलाई अन्दाज भयो कि केही गडबढ छ भनेर । पानीमा झर्नुअघि नै मैले सोचिसकेको थिए कि हामीसँग शायद एक वा दुइ मिनेटभन्दा समय छैन ।’ एजेन्सी
 

तपाईँको मत