खेल

विश्वकप क्रिकेटकाे उपाधिका प्रतिस्पर्धामा न्युजिल्यान्ड र इंग्ल्यान्ड, जसले जितेपनि नयाँ विश्व च्याम्पियन

  • २९ असार आइतबार, २०७६ | ०९:१४:०० मा प्रकाशित

काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा आज न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्डबीच उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार दिउँसोको सवा तीन बजेदेखि त्यहाँ आयोजक इङ्ग्ल्याण्ड र न्यूजील्याण्डबीच विश्वकप क्रिकेटको फाइनल प्रतिस्पर्धा हुँदैछ।

 

पहिलो पटक दुवै टिम उपाधि जित्ने लक्ष्यमा हुनेछन् । योभन्दा अघि यी दुवै टिमले विश्वकप क्रिकेटको उपाधि उचाल्न सकेका छैनन् ।

विश्वका क्रिकेटप्रेमीहरूको आँखा आइतवार क्रिकेटको मक्का मानिने लन्डनको लर्ड्स मैदानमा केन्द्रित हुनेछ।विश्वकप क्रिकेटको फाइनलमा एउटा कुरा मात्रै निश्चित छ: जसले जितेपनि क्रिकेटले नयाँ विश्व च्याम्पियन पाउनेछ।

सेमिफाइनलमा १८ रनले भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको न्युजिल्यान्डको उच्च मनोबल छ । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै ऐतिहासिक दिन बनाउने लक्ष्यमा न्युजिल्यान्ड छ । विश्वकपको उपाधि जितेमा न्युजिल्यान्डले अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्नेछ ।

यता, इंग्ल्यान्ड पनि आफ्नै घरेलु मैदानमा उपाधि जित्दै ऐतिहासिक जित बनाउन चाहन्छ । पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो ।

त्यसो त, लिग चरणको खेलमा न्युजिल्यान्डमाथि ११९ रनको जित निकालेको इंग्ल्यान्ड फाइनल खेलमा पनि त्यस्तै नतिजा निकाल्ने लक्ष्यमा छ ।

सन् १९९२ यता पहिलो पटक विश्वकपको फाइनलमा पुगेको इङ्ल्याण्ड र लगातार दोस्रो पटक उपाधि भिडन्त गर्न लागेको न्यूजील्याण्डबीचको खेल अति रोमाञ्चक हुने अनुमान गरिएको छ।

जसरी दुवै टोलीले सेमिफाइनलको चुनौती पार गरे, त्यो यो विश्वकपमा अविस्मरणीय मानिएको छ।

बलियो दाबेदार भारतलाई रोमाञ्चक भिडन्तमा १८ रनले पराजित गर्दा न्यूजील्याण्डले प्रशस्त प्रशंसा बटुल्यो।

अर्को सेमिफाइनलमा इङ्लिस टोलीले चिरपरिचित प्रतिद्धन्दी तथा पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई झन्डै २० ओभरको खेल बाँकी हुँदै आठ विकेटले हरायो।

त्यही खेलको आत्मविश्वासका कारण इङल्याण्डले विश्वकप उपाधि जित्ने विश्वास धेरैले गरेका छन्।

थुप्रै नेपाली खेलाडीहरू इङल्याण्डकै पक्षमा देखिएका छन्।

तपाईँको मत