हावा हवाई
उसले भन्याे बुढाे भैयाे, मैले साेधेँ के बुढाे भयाे!
- मीना डाँगी
- २८ असार शनिबार, २०७६ | ११:१९:०० मा प्रकाशित

उसले भन्याे बुढाे भैयाे
मैले साेधेँ के बुढाे भयाे,
मन,??
अनुहार??
शरीर??
कि विचार!??
हावा हवाईमा
झल्याँस्स भएँ
के म बुढी भएँ!!?
कुद्देर गएँ
एेना अगाडि उभिएँ
अनुहार नियालेँ
अाहा!!
क्या गजब मेराे अनुहार!
स्वाभिमानले धपक्क बलेकाे
अगाडि सिउँदाेमा सेता फुलेका
दुई चार केस्रा कपालहरुले
अझ शालीनता थपेकाे!
अझ जिम्मेवारी बाेध बढेकाे!
अाँखा छेउका ,
अलिकति खुम्चिएका ,
कान्ला र खुड्किला ले!
अझ, बान्कि फेराेकाे!
अाेहाे!! म अाफैँमा दँग परे!!
बित्थैमा हावा हवाई !
खाेई के बुढाे भयो!!?
मन??
अाहा!! मेराे पाे त मन
कसरी बुढाे हुन सक्छ !?
मनलाई साेधें!
तिमी बुढी भयाै!!??
मन मुसुक्क मुस्कुराई
कसलाई?साेधेकी!?
अाहा!!मेरी मन अझ राैद्री
अझ बयस्क
अझ निखार,
अझ अद्भुत तृष्णा
अाहा!!
अबत झन जिन्दगी!
नयाँ युग!!
नयाँ नयाँ प्रविधि !
अनि परिस्कृत मनकाे
जाज्ज्वल्य उर्जा
नाे!नाे!
नाे! वे!
खुम्चिएकाे अाँखाकाे छेउ
अनि सेता फुलेका
दुइचार केस्रा कपालकाे
हावा हवाईमा
म सिथिल हुन सक्छु!!र??
हमेशा क्रियाशील र उत्साहित
मेराे मन फजुलमा स्खलितभै
खुत्रुक्क घुँडा टेक्न सक्छु र!!?
उस ले तेसलाई!
तेल ले कललाई!!
कमजोर सावित गर्न
उडाएकाे हवा हवाई मा
म उडि दिने?
म त वयस्क
हाेइन भने सामुन्ने अाएर हेर!
तागत छ!? नजर भिडाउने!?
समयले,व्यवहारले
अाफूले गरेका कर्मले लागेका फलहरुले
नयाँ खाकाहरुमा
नयाँ अायाम काेर्छन्
अझ नयाँ उर्जाले
नयाँ गति तय गर्छन्!
हाे! तर मैले!
अफवाहकाे जालाे च्यात्नु छ
खियाहरु पखाल्नु छ !
ढुंडिहरु !!
काेट्टयाई काेट्याई धुनु छ!
हरेश उखलेर धुरी कटाउनु छ!
बेमत्लब काे हावा हवाई !!!
अँ अनि मैले उसलाई हेरेँ
अाहा!! क्या बान्की
दुई दिन अघि खाैरिएका दाह्री
तिलचामले ठाेसा अलि अलि पलाएका धारिला अाेठमाथी
कानै अगाडि
थाेरै खाेल्सिएका अाँखा!
फुलेकाे कन्सिरले बादल फाटेकाे अाकास जस्ताे सुन्दर उसकाे निधार!!
अाहा!!क्या व्याक्तिव !!
म अाफैँ राेमान्चित भएँ
अाहा !! निखारिएकाे शालीन स्तम्भ
अझ निखार, अझ अाेजस्वी अाँखा
उ खारिएकाे, अझ निखारिएकाे
जिन्दगीकाे एक तह पार गर्दाकाे उतार चढाव झेलिसकेकाे
अाेजस्वी निधार!
उचाे शिर ! ठाडाे गर्धन अाहा!!
क्या लाेभलाग्दाे!
मुवा!!
मनमनै हवाई चुम्बन उ तिरै वर्षाएँ
अनि !?खै!? कहाँ!?
काे बुढाे भयाे!?
बे मतलबकाे हरेश बल्झाएर!
हावा हवाई लाई किन माैका दिनु
विथ्थामा बूढाे भैयाे पाे!?
नाे वे!
अझ बयस्क अझ शालीन
अगाडि तिमी टक्क उभिँदा
अटल अनि राैद्र!!
मुटुकाे रफ्तार बढ्छ !!ढक्क !!
अाहा!!एक साैम्य पुरुष तिमी!
प्रतिकृया दिनुहोस