प्रविधि

फेसबुक, ट्वीटर बन्द गरिनेछैन, तर  दुरुपयोग गर्नेलाई  नियन्त्रण गर्न कानून : मन्त्री बास्काेटा 

  • ९ फाल्गुण बिहीबार, २०७५ | १४:१५:०० मा प्रकाशित

काठमाडाैं ।  सामाजिक सञ्जालका सबै प्रविधिलाई प्रयोग पाइन्छ तर दुरुपयोग गर्नेलाई  नियन्त्रण गर्न कानून ल्याउन लागिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् । 

उनले भने- 'बेलायत, जर्मनी भारतमा फेसबुक दर्ता छ भने नेपालमा दर्ता गर्न खोज्नु के खराब छ र ? कम्प्लेन  गर्न  कहाँ जाने त्यसको लागि त नेपालमा  अफिस त चाहियो नि ! कुनै अनावश्यक कडाई गर्न खोजिएको होइन । व्यवस्थित र कानूनी रुपमा मात्र ल्याउन खोजिएको हो । डालोमा हालेर प्रचारप्रसार गर्नु गलत हो । गलत गर्नेलाई कानूनकाे दायराभित्र ल्याउने हाे । बन्द गर्ने हाेइन ।' 

'इन्टरनेट दुरुपयोग हाइड्रोजन भन्दा कम छैन । सूचना प्रविधिको प्रयोग र उपयोगलाई रोक्ने उद्देश्य होइन । हामी आफैले स्याटेलाईट राख्ने कुरा गरिरहेको छौं रोक्ने त कुरै भएन । साइबर क्राइम बढेकोले त्यसलाई रोक्न कानून ल्याउन लागिएको हो । जथाभावी गर्ने कुरालाई कानूनको कुनै व्यवस्था छैन । त्यसकारण कानून र हामीले कम्प्लेन गर्न ठाउँ त चाहियो नि त'  मन्त्री बास्काेटाले भने । 
उनले भने- 'म दावाकासाथ नागरिक हकका कुनै अधिकार कुष्ठित गरिनेछैन । प्रेस फ्रिडमको बारेमा गलत  बुझ्नु गम्भिर भूल हुनेछ । अनावश्यक ढंगले प्रचार प्रसार गरेर पाना र भित्ता भर्नुको काम छैन । यो कुरै होइन । गलत प्रचार प्रसार नगरिदिनुहाेला ।' 

 

तपाईँको मत