साहित्यकार तथा समालोचक प्राध्यापक मोहनराज शर्माको संक्षिप्त परिचय
- १० माघ बिहीबार, २०७५ | १२:३७:०० मा प्रकाशित

कथाकार : मोहनराज शर्मा ।
न्वारनको नाम—तुलसीप्रसाद शर्मा ।
छोटो नाम—मोराश ।
थर—ढकाल ।
जन्म : वि.सं. १९९४ कार्तिक १८ गते, गोवर्धन पूजा (ई.सं.१९३७ नोभेम्बर ३ |)
जन्मस्थान : काभ्रेस्थली ( धर्मस्थली नजिक ), काठमाडौं ।
बसोबास : रुद्रतारा निवास,ट्याङ्ला, कीर्तिपुर-३, काठमाडौं ।
शिक्षा : १.एम.ए.(इतिहास), काशी हिन्दू विश्व विद्ध्यालय (सन् १९६०) |
२.एम.ए.(नेपाली), त्रिभुवन विश्वविद्यालय (सन् १९६५) |
सेवा : प्राध्यापक, नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर (२०४९ देखि २०६० सम्म,
अवकाश प्राप्त : २०६० देखि)
प्रकाशित कथासङ्ग्रह :
१.च्याँखेधर्ना (वि.सं.२०२४)
२.कोर्रा (वि.सं.२०४०)
३.महाशून्य (वि.सं.२०५०)
४.वैखरी (वि.सं.२०५४)
५.भर्खर (वि.सं.२०६८)
प्रकाशित अन्य विधाका पुस्तकहरू :
(क)जेमन्त/यमा, वैकुण्ठ एक्सप्रेस, उताको बाघ, यातनामा छटपटाएकाहरू
आदि नाटक,
(ख) मिस्टर झप्पू सिं, पुछारको पातो, सुनौलो बोली आदि निबन्धसङ्ग्रह,
(ग)सलिजो, पल्ली आदि उपन्यास,
(घ)नेपालीका केही आधुनिक साहित्यकार, कथाको विकसप्रक्रिया,
शैलीविज्ञान, समकालीन समालोचना सिद्धान्त र प्रयोग, आधुनिक तथा
उत्तरआधुनिक पाठकमैत्री समालोचना आदि समालोचनासङ्ग्रह,
(ङ)भाषा सम्बन्धी :
१.शब्दरचना र वर्णविन्यास (वि.सं.२०३१)
२.शब्दरचना र वर्णविन्यास : भाषावैज्ञानिक पद्धति (वि.सं.२०३६)
३.शब्दरचना र वर्णविन्यास, वाक्यतत्त्व र अभिव्यक्ति (वि.सं.२०५४)
४.प्रज्ञा नेपाली सन्दर्भ व्याकरण (वि.सं.२०७१) पृ.५४४ |
(च) नेपाली साहित्यको संक्षिप्त इतिहास, अनिवार्य नेपाली शिक्षण-निर्देशन,
नेपाल परिचय, भाषाविज्ञान र नेपाली भाषा, शोधविधि, आधुनिक
भाषाविज्ञान, पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, लोकवार्ताविज्ञान र
लोकसाहित्य तथा अन्य थुप्रै सहलेखनमा प्रकाशित पुस्तकहरू ।
सम्मान तथा पुरस्कार :
मैनाली कथा पुरस्कार, २०४०
मदन पुरस्कार, २०४२
शिक्षा पुरस्कार, २०४२
सर्वश्रेष्ठ पटकथा पुरस्कार, २०४७
प्रतिभा पुरस्कार, २०४८
त्रिवि दीर्घसेवा पदक, २०५३
बालकृष्ण सम सम्मान, २०६२
भैरव पुरस्कार, २०६३-०६४
दीप-गोविन्द स्मृति सम्मान, २०६४-०६५
वासुदेव लुइँटेल पुरस्कार, २०६८
राष्ट्रिय प्रतिभा पुरस्कार, २०६८-६९
अम्बिकादेवी ओली स्मृति साहित्य पुरस्कार, ई० २०१४
डम्बरकुमारी-गणेश आख्यान पुरस्कार, २०७३ (कथाकार मन्दिरा मधुश्रीले आफ्ना मातापिताको नाममा स्थापना गरेको यो पुरस्कार मिति २०७३ जेठ २९ मा एक समारोहका बीच हस्तान्तरण गरिएको थियो | पुरस्कारको रकम रु.१५००१/- रहेको छ |) ‘घटराज पुरस्कार’ २०७५ लगायत छन् ।
नारायण तिवारीको फेसबुकबाट साभार
प्रतिकृया दिनुहोस