खेल

इण्डो–नेपाल आमन्त्रित पुरुष भलिबल प्रतियोगिता

  • २८ पौष शनिबार, २०७५ | १३:१६:०० मा प्रकाशित
सांकेतिक फाेटाे

बेझाड । पाल्पाको रामपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलोपटक यहाँ सो प्रतियोगिता गर्न लागिएको हो । 
दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा यही माघ २ गतेदेखि खेलकूद उपसमितिको आयोजनामा हुने प्रतियोगितामा भारतका चार समूह, प्रदेश नं १ को एक समूह, गुल्मीलगायतका जिल्लाबाट १० समूहको सहभागिता रहने संयोजक शङ्कर खाँणले बताए । 

प्रतियोगितामा प्रथम पुरस्कारस्वरुप रु एक लाख ५० हजार, द्वितीय रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनका लागि करीब रु १२ लाखबराबरको रकम लाग्ने अनुमान आयोजकको छ । 

महोत्सवकै अवसरमा खुल्ला पुरुष डबल्स ब्याटमिन्टन प्रतियोगितामा पनि हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कारवापत् रु २५ हजार र द्वितीय पुरस्कार रु १५ हजार रहनेछ । 
दलित, जनजाति बालबालिकालाई शैक्षिक सहयोग 
पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पाले वडामा रहेका दलित, जनजातिका बालबालिकालाई शैक्षिक सहयोग गरेको छ । वडाभित्र बसोवास गर्ने ७६ जना बालबालिकालाई छात्रवृत्ति, स्कुल पोशाक र झोला सहयोग गरेको हो । दलित, जनजाति बालबालिकालाई गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले छात्रवृत्ति, स्कुल पोशाक र झोला वितरण गर्दै नियमित विद्यालय जान बालबालिका र अभिभावकलाई अनुरोध गरे । 

आर्थिक अभावमा अझैपनि गाउँघरमा दलित, जनजाति परिवारका बालबालिका नियमित विद्यालय जाने नगरेकाले उनीहरुलाई नियमित पठनपाठनका निम्ति विद्यालय जान प्रोत्साहन गराउन शैक्षिक पोशाक, झोला र छात्रवृत्ति रकम सहयोग गरेको वडाध्यक्ष भोगबहादुर थापाले बताए । 

तपाईँको मत