विश्वकप महाकुम्भ

क्रोएसियाको हारपछि कप्तानलाई मिल्यो ठूलो अवार्ड, जान्नुहोस् उनले के भने

fifa

मस्को । क्रोएसियाका कप्तान लुका मोड्रिकले विश्वकप फाइनलमा फ्रान्ससँग २ गोलले हारेपछि विश्वकप बेस्ट खेलाडीको लागि गोल्डेन बल पुरस्कार दिनु उनको लागि पिरो-गूलियो समय भयो । रियल मेड्रिडका मिडफिल्डर मोड्रिकले भने, ‘खुसीले यो सम्मान मिल्नु मलाई मनपर्यो, उनलाई धन्यवाद जसले मलाई चुने तर यो प्रष्ट हो की विश्वकप जित्नु मेरो इच्छा थियो ।’

उनले भने ‘यस्तो भएन, अब हामी आराम गर्छौँ र आगामी दिनमा यसको पनि उत्सव मनाउँछौँ । किनभने यो पनि क्रोएसियाको लागि ठूलो कुरा हो । तर अहिले पिरो-गूलियोको महशुष भएको छ ।’ मोड्रिकले भने, ‘हामीले जे गर्यौँ त्यसमा गर्व छ तर फाइनलमा हार्दा थोरै दुःखी भएका छौँ । फाइनलअघि क्रोएसियाको ३ नकआउट म्याच थप समयमा पुगेको थियो र उपाधी  भिडन्तमा पहिलो हाफमा दबदबा बनाएपनि टीम दुर्भाग्यशाली बन्यो । हाफटाइमसम्म १-२ ले पछि थियो ।

मारियो मानजुकिजको आत्मघाती गोल र विवादास्पद पेनाल्टीमा एंटोनी ग्रिजमेनको गोलले भूमिका बनायो । विश्वकपको पछिल्लो ६८ वर्षमा क्रोएसिया फाइनलमा स्थान बनाउने सबैभन्दा सानो देश हो । जसको जनसँख्या ४० लाख भन्दा थोरै माथि छ । मोड्रिकले भने, ‘मलाई लाग्छ की हामी अधिकको हकदार थियौँ तर हामी केही बदल्न सक्दैनौँ ।’ उनले भने,‘हामी केवल यसमा गर्व गर्न सक्छौँ जो हामीले गर्यौँ । हामीले कहिल्यै हार मानेनौँ र अन्तिमसम्म चुनौतिको सामना गर्यौँ ।’

क्रोएसियाका राष्ट्रपतिको फुटबलप्रतिको लगाव र जीवनशैलीले भने जो कोहिको मन तान्न सफल बन्यो । प्रस्तुत तस्वीर अहिले संसारभर भाइरल बनेको छ । एजेन्सी

 

तपाईँको मत