फोटो

आँखैअघि सगरमाथा, ‘तेङ्बोचे’ जाने हैन ! (तस्विरमा)

सबैभन्दा ठूलो गुम्बा यसै स्थानमा

सोलुखुम्बु । तेङ्बोचे सगरमाथा नियाल्ने मुख्य स्थान । प्रदेश नं १, सोलुखुम्बु जिल्ला, खुम्बु क्षेत्र, पासाङलामु गाउँपालिका, ३,८६७ मिटरमा अवस्थित छ तेङ्बोचे । खुम्बु क्षेत्रको सबैभन्दा ठूलो गुम्बा यसै स्थानमा छ । यहाँको मुख्य आकर्षण नै बुद्धिष्ट मोनास्ट्री, तेङ्बोचे मोनास्ट्री लगायत हिमाली प्रकृति नै हुन् । विश्वका मानिसहरु सगरमाथा हेर्नकै लागि यो स्थानमा जम्मा हुने गर्दैछन् ।

तेङ्बोचे हुँदै सगरमाथा आधार शिविर, कालापत्थर, गोक्यो तालसम्म पुग्न सकिन्छ । सगरमाथा आरोहीहरूले प्रयोग गर्ने बाटो पनि यही हो । अधिकांश पदयात्रीको मूल गन्तव्य बन्ने गरेको छ, तेङबोचे । त्यहाँ सुविधासम्पन्न केही होटलहरू छन्, नजिकै प्रख्यात गुम्बा छ र त्यहीँबाट आँखैअघि सगरमाथाको आकर्षण अनुभव गर्न सकिन्छ ।

यो क्षेत्रबाट तवाचे, एभरेष्ट, नुप्त्से, लोत्से, अमा दब्लाम र थमसेर्कु जस्ता महत्वपूर्ण हिमानहरु देख्न सकिन्छ । आन्तरिक पर्यटनको दौरानमा हाम्रा साथी भिम राई लगायतको टीमले खिचेका यी तस्विरहरु देखेपछि जो कोहीलाई यो स्थान पुग्न अभिप्रेरित गर्नेछ ।

 


 

तपाईँको मत