शिक्षा

टेक्सास कलेजले नयाँ विद्यार्थीलाई गर्यो ‘स्वागतम’

काठमाडौँ । मित्रपार्क चावहिलमा अवस्थित टेक्सास इन्टरनेशनल कलेजले शुक्रबार कक्षा ११ का विद्यार्थीलाई नयाँ शैक्षिक सत्रको लागि स्वागतम कार्यक्रम गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको स्वागत कार्यक्रममा प्रमुख अतिथि कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले उद्घाटन गरेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै सांसद थापाले अथाह संभावनाहरु रहेको देशमा आजका युवाले परिवर्तनमा हरतरहले सहपाठी बन्न सक्नुपर्ने बताएका थिए । शिक्षाको सहि ठाउँमा प्रयोग गर्नमा उनले जोड दिए । संभावनाको ढोका खोल्ने युवाले नै भएकोले यसको समुचित प्रयोगमा टेक्सास एउटा स्थल भएको बताए । स्थलको भरपुर प्रयोग गर्नुपर्ने बताउँदै सांसद थापाले नयाँ विद्यार्थीहरुलाई उज्वल भविश्यको शुभकामना दिएका थिए ।

उनले भने, ‘ प्रविधिको उच्चतम प्रयोग गर्दै भरपुर फाइदा उठाउँदै युवा पुस्तालाई अब्बल बनाउनको लागि म आग्रह गर्न चाहन्छु । ११ कक्षा रमाइलो गर्ने समय भएपनि गलत शैली नसमाई उत्तरदायी बन्नु जरुरी छ ।’ 

कार्यक्रमका अतिथिहरुमा कलेजका अध्यक्ष केशव कुमार श्रेष्ठ, नियन्त्रक डम्बर बतास राष्ट्रिय परीक्षा बोर्ड, कलेजका सिइयो भेषराज पोखरेल, पत्रकार ऋषि धमला, निर्देशक नारायण पोखरेल रहेका थिए ।

राष्ट्रिय परीक्षा बोडका नियन्त्रक डम्बर बतासले आफुले पढेका कुराहरु सहज तरिकाले लेख्न सक्यौँ भने गन्तव्यमा पुग्न सक्ने बताएका थिए । ११ र १२ कक्षा भनेको विश्वविद्यालयको सेतु भएकोले यसलाई अवसर र अनुसन्धान सुरुवातको रुपमा अगाडि बढ्नुपर्ने नियन्त्रक बतासले बताए ।

स्वातगम कार्यक्रममा कलेजका सिइयो भेषराज पोखरेलले टेक्सासको आँगनमा आउनुहुने विद्यार्थीहरु अब्बल भएर निकाल्ने प्रयास जारी रहने बताएका थिए । कार्यक्रममा अन्य अतिथि तथा शिक्षकहरुले नयाँ विद्यार्थीहरुलाई शुभकामना दिँदै उज्वल भविश्यको कामना गरे ।

औपचारिक कार्यक्रमको अन्त्यमा कलेजका अध्यक्ष केशव कुमार श्रेष्ठले शुभकामना र सन्देश दुबै दिएका थिए । अग्रज वक्ताका सन्देशलाई पालना गर्न आग्रह गर्दै आगामी दिनको लागि ११ कक्षाका विद्यार्थीलाई शुभकामना भन्दै कक्षा १२ सकेका विद्यार्थीहरुलाई विदाइ गरेका थिए । बुबा आमाको सपनालाई साकार पार्न विद्यार्थीहरुलाई उनले शुभकामना दिएका थिए ।

सन् २०१० देखि शैक्षिक जगतमा अलग पहिचान बनाउन टेक्सास इन्टरनेशनल कलेज एक अब्बल बहुप्रतिष्ठित शैक्षिक प्रतिष्ठानमा चिनिन्छ । प्लस टुदेखि मास्टर्ससम्मका व्यवहारिक विद्यालयका विभिन्न विषयहरु अध्यापन गराउँदै आएको यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायहरुका विभिन्न तहका कार्यक्रमहरु सञ्चालनमा छन् । 

दक्ष, लगनशील, अनुभवी तथा विद्वान व्यक्तिहरुको संलग्नतामा शिक्षण प्रशिक्षण गराउँदै आएको कलेजले पारिवारीक वातावरणमा दक्ष विद्यार्थी उत्पादनमा अहम भूमिका निर्वाह गरिरहेको छ । कलेजले प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी, त्यस्तै व्याच्लर्समा बीएससी (सिएसआइटी), बीए-बीएसडब्लु, बीबीएस र एमबीएस त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय शैक्षिक विकासमा लिंकन विश्वविद्यालयको सम्बन्धनमा बीबीएम, बीबीए, एमबीए, बीआइटी र बीसीएसका कक्षाहरु सञ्चालन गरिरहेको छ ।

तपाईँको मत