खेल

खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण शुरु 

  • ३ असोज बुधबार, २०७५ | १०:५१:०० मा प्रकाशित

काठमाडौं । ज्येष्ठ ब्याड्मिण्टन एकेडेमीले आयोजना गर्दै आएको ज्येष्ठ खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु भएको छ । चार दिनसम्म बसुन्धारास्थित एकेडेमीको आफ्नै कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ विधामा प्रतिस्पर्धा गराइने एकेडेमीले जनाएको छ । 

प्रतियोगिताअन्तर्गत पुरुष र महिला एकल खुला, पुरुष युगल खुला र पुरुष युगल टप २०, यू–१५ महिला र पुरुष खुला, मिश्रित युगल खुला, मास्टर ३५ वर्षमाथि र मास्टर ४५ वर्षमाथि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कूल पुरस्कार राशि रु तीन लाख ८० हजार छ । नौ वटै विधामा पहिलोदेखि तेस्रो हुनेले पुरस्कार प्राप्त गर्नेछन् । 

पुरुष एकलको विजेताले रु ३० हजार, दोस्रो हुनेले रु १५ र तेस्रोले रु १० हजार प्राप्त गर्नेछन् । यस्तै महिला एकल, पुरुष युगल खुल्ला र पुरुष युगल टप २० बरियताबाहेकको विजेताले समान रु २५ हजार प्राप्त गर्नेछन् । मास्टर ३५ वर्षमाथि, मास्टर ४५ वर्षमाथि र मिश्रित युगल खुलाको विजेताले समान रु २० हजार र यू–१५ महिला र पुरुषको विजेताले १६÷१६ हजार पाउनेछन् । 

तपाईँको मत