विश्व

यौनशक्ति बढाउन सर्पको मासु !

  • ३ असोज बुधबार, २०७५ | ०८:४२:०० मा प्रकाशित

के तपाईँ सर्पको मासु खानुहुन्छ ?

सर्पको मदिराको एक दुई घुट्की नि ?

भियतनाममा सर्पको रगत मिसाएको रक्सी र मासु हालेका विभिन्न परिकारहरू खाने चलन छ।

सर्पको मासु खानेहरुको लागि यो गज्जबको ठाउँ हो । जंगलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जिवितै राखिन्छ । पछि उम्लिरहेको पानीमा त्यसलाई खन्याएर तीनलाई मारिन्छ । त्यसपछि सफा गरेर, काटकुट पारेर भुटिन्छ । अनि लेमन ग्रास र खोर्सानीसहित त्यसलाई खाइन्छ । 

'५० वर्षमाथिका पुरुषले मात्र पिउनुपर्छ कम उमेरका मानिसमाम नपुंसकता हुन सक्छ' स्थानीय मानिसहरु भन्छन्- 'सर्पको मासुले टाउको दुखेको निको हुन्छ । खाएको पच्छ, हड्डी बलियो हुन्छ ।  

त्यहाँ सर्पको मासुले यौनशक्ति बढाउँछ भन्ने लोकमान्यता छ।

तर जथाभावी वनबाट सर्पहरू समातिँदा त्यहाँको पारिस्थितिक प्रणालीमा नराम्रो प्रभाव पर्ने वन्यजन्तुविद्हरू बताउँछन्। बीबीसी

तपाईँको मत