जीवनशैली

अपनाउनुहोस यी टिप्स, चुँडिदैन तपाइँको कपाल

  • १ असोज सोमबार, २०७५ | १३:५२:०० मा प्रकाशित

नयाँ दिल्ली । लामो, बाक्लो र कालो कपालले अनुहारमा चमकसँगै सुन्दर देखाउँछ । यही कपाल यदी असमय कोर्दा वा सेतो हुन लाग्यो भने चिन्ताको कारण बन्छ । तपाइँको यो चिन्ता दूर गर्नको लागि घरमा नै कपाल पोषणको लागि धेरै सामाग्रीहरु उपल्ब्ध छन् । आउनुहोस ती सामाग्रीहरु के हुन जानौँ ।

अमला
भिटामिन सी ले भरिपूर्ण अमलाले कपालको विकासमा आपश्यक पोषक तत्व प्रदान गर्दछ जुन अमलामा पाइन्छ । यसले कपाललाई बलियो बनाउँछ । यसको प्रयोगले कपाल झर्ने, चुँडिने समस्यालाई पनि कम गर्छ ।

उपयोग विधि : ६-७ अमला लिनुहोस र सुकाउनुहोस । सुकेपछि नरिवलको तेलमा उमाल्नुहोस जबसम्म जलेर कालो हुँदैन तबसम्म उमाल्नुहोस । अब यो तयार भएको तेलले आफ्नो कपालमा लगाएर राम्रोसँग मालिस गर्नुहोस् । राती लगाएर सुते राम्रो । फेरी विहान कपाललाई कुनै हल्का राम्रो शेम्पूले धुनुहोस । राम्रो परिणामको लागि यो प्रक्रियालाई समयको दौरानमा नियमित गर्नुहोस् ।

आलू, मह र पानीको मिश्रण
पोटाशियमको कमीले तपाइँको कपाल कमजोर हुन्छ र आलूमा भिटामिन सी र आइरन पनि पाइन्छ । यी तिन चिजले तपाइँको कपाल बलियो बनाउँछ ।

उपयोग विधि : आलुको बोक्रा ताछेर त्यसको रस र गुदी निकाल्नुहोस र त्यसमा एक चम्चा मह र पानी मिलाएर राम्ररी मिश्रण बनाउनुहोस् । यो मिश्रण आफ्नो कपालमा राम्ररी लगाउनुहोस् । ३० मिनेटसम्म कपालमा लगाइरहनुहोस् । त्यसपछि धुनुहोस् । केही दिनमा तपाइँले फरक महशुष गर्नुहुन्छ ।

डा. अरविन्द पोसवाल, हेयर एक्सपर्ट लाइभ हिन्दुस्तानको सहयोगमा ।
 

तपाईँको मत