प्रविधि

 नेपाली कांग्रेसका नेताद्वारा २० थान सिसिटिभी हस्तान्तरण

रामेछाप । नेपाली कांग्रेस रामेछापका माहाधिवेशन प्रतिनिधि भरत चौलागार्इंले रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा रहेको श्री माध्यमिक विद्यालयलाई आज एक कार्यक्रम आयोजना गरि २० थान सिसिटिभी हस्तन्तरण गरेका छन् । 

सिसिटिभी हस्तन्तरण गदै कांग्रेस नेता चौलागाईंले आफुले कमाएको केही रकमबाट विद्यालयको शैक्षिक स्तर सुधारकोलागि लगानी गर्ने कामको थालनी गरेको भन्दै स्वास्थ्य शिक्षा र रोजगारको क्षेत्रमा आफु सँधै सँगै रहने बताए । साथै उपचारको क्रममा कुनै पनि समस्या आएमा आफुले सकेको सहयोग गर्ने पनि नेता चौलागाईंले बताएका हुन् । 

वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र सुनसवारले आफुलाई विद्यालय सुधारमा ठुलो सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफु श्री माध्यमिक विद्यालय फर्पुलाइ देशकै नमुना विद्यालय बनाउन कुनै कसर नराख्ने बताए । 

अध्यक्ष सुनसवारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति रामचन्द्र खड्का, महासमिति सदस्य अर्जुन केसी, किष्ण महत, बिनीता खड्का, मुक्त महतो , नेपाली कांग्रेस रामेछाप प्रदेश ख का प्रदेश उम्मेद्वार जित बहादुर मगर, जिल्ला कार्यासमिति सदस्य दिपक खड्का लगायत सहभागिले बोल्दै सिसिटिभीबाट अब सबै कक्षाको गतिविधि सजिलै अवलोकन गर्न सकिने बताएका थिए ।

उनीहरुले शैक्षिक सुधारमा धेरै सहयोग पुगेकोले  सिसिटिभी दाता चौलागाईंको प्रशंसा समेत गरेका थिए । 

 

तपाईँको मत