प्रेरणा

पटक-पटक बिग्रिएको सम्बन्धलाई तिजले जोड्नु भयाे ?

तपाइँको जीवन साथीसँग विवाद भइरहन्छ वा विवाहको लागि केटा मिलेको छैन !

काठमाडौँ । लाखौँ कोशिष गर्दा पनि यदी तपाइँको जीवन साथीसँग विवाद भइरहन्छ वा विवाहको लागि केटा मिलेको छैन भने माता पार्वती र भगवान शिवलाई मनाउने यो व्रतको सहयोग लिनुहोस् । हिजो अनि भोली वैवाहिक महिला र कुमारी केटी आफ्नो हरेक इच्छाको पूर्तिको लागि हरितालिका तिजको व्रत राख्छन् । यदी तपाइँको सम्बन्धमा कुनै कठिनाइ उत्पन्न भइरहेको छ भने यो दिन खास उपायको दिन बन्न सक्छ जसले तपाइँलाई राहत मिल्न सक्छ ।

१. कन्या, जसको विवाह हुनमा वाधा आइरहेको छ, उनलाई निर्जल व्रत राख्नु पर्छ । यसपछि प्रदोष कालमा पहेँलो वस्त्र लगाएर मन्दिर जानुहोस् । त्यहाँ शिवलिंगमा चन्दन लगाएर जल अर्पित गर्नुहोस् । माता पार्वतीलाई जप्नुहोस ‘ऊँ पार्वतीपतये नमः’ मन्त्र १०८ पटक जप्नुहोस् । माता पार्वतीलाई चढाएको कुमकुम स्नान गरेर शिरमा अवस्य लगाउनुहोस् ।

२. स्त्रीहरु जो श्रीमानबाट माया पाउँदैनन, उनलाई निर्जल व्रत राख्नुपर्छ र साँझ श्रृंगार गरेर शिव मन्दिरमा जल चढाउनुपर्छ । यसको साथै माता पार्वतीलाई सिन्दुर र रातो चुरा अर्पित गर्नुहोस् । सो समयमा ‘ऊँ गौरीशंकराय नमः’ जप्नुहोस् । पूजा समाप्त भएपछि हातमा ११ रुपैयाँ बाँधेर आफुसँग राख्नुहोस् ।

३. मानिन्छ यो कठिन व्रतको ठूलो महत्व छ । यो व्रतले महिलालाई पार्वती माताको आशिर्वाद मिल्छ भने उनको पतिको आयूपनि दीर्घ हुन्छ । यो दिन महिलाले रिस गर्नु हुँदैन । आफ्नो रिसलाई शान्त गर्नको लागि हातमा मेहन्दी लगाउँछन् । मेहन्दीले दिमागलाई शितल बनाउन सहयोग गर्छ ।

४. व्रतको दिन पुरै रातभर जाग्रम बसेर भगवानको पूजा गर्नुपर्छ । मान्यतानुसार यदी व्रत राख्ने महिला राती सुतिन भने अर्को जन्ममा अजिंगरको रुपमा जन्म लिनु पर्छ । हरितालिका तिजको व्रत पुरै मनबाट राख्ने महिला वा कुमारी कन्यालाई माता पार्वतीबाट अखण्ड सौभाग्यवती र मनले चाहेको वरको प्राप्ति वरदान मिल्दछ ।
 

तपाईँको मत