प्रेरणा

खुसी जीन्दगी चाहनुहुन्छ ! अवश्य सुन्नुहोस घरमा श्रीमतीको कुरा, शोधमा भयो खुलासा

  • २४ भदौ आइतबार, २०७५ | २२:४५:०० मा प्रकाशित
EJournalz

काठमाडौँ । खुसीले भरिपूर्ण जीवनको लागि तपाइँलाई संवादको अत्यन्तै जरुरत हुन्छ । सम्बन्ध जतिनै बितेपनि पति पत्नीबीच कुरा गर्नुपर्छ । एक दोस्रोको कुरा सुन्नु जरुरी हुन्छ । निशा र सिद्धार्थको विवाह भएको ४ वर्ष भयो । दुबैको प्रेम विवाह भएको हो । दुबै एकै कम्पनीमा काम गर्दथे । बुझेको ३ वर्षपछि विवाह गर्ने फैसला गरे । यो बीचमा दुबैले एक अर्कालाई बुझे ।  यसो त दुबैको जीवन ठिक सँगै चलेको छ । तर दुबैको बीच अहिले झगडा हुन थालेको छ । साना साना कुरामा झगडा हुन्छ । निशाले भन्छिन सिद्धार्थ उनको कुरामा ध्यान दिँदैन ।

अफिसबाट आउने बित्तिकै ल्यापटप वा अखबार खोलेर बस्छन् । उनी बड्बडाइरहन्छिन, लाग्छ उ नसुनिरहेको छ । सिद्धार्थलाई लाग्छ त्यो कुरा सुनेर कोही के गर्न सक्छ । प्रेसवालाले कपडा गुमायो वा फेरी सब्जी बेच्न आइन, काम गर्नेले चारदिन छुट्टी लिएको छ । यो सारा कुरा निशा आफैँ व्यवस्थापन गर्न सक्छिन । उसलाई यो कारणसँग कुनै लेनादेना छैन । निशालाई लाग्छ कुरा सानो होस या ठूलो सुन्ने कोही छैन । उनको अपेक्षा गरिरहेकी छन र सानो कुराबाट सुरु भएको बहस कयौँपटक गम्भीर झगडासम्म पुग्छ ।

निशा र सिद्धार्थको जस्तो समस्या कयौँ मानिसहरुमा छ । महिलालाई प्रायः लाग्छ कि उनको कुरा सुनिएको छैन । जबकि पुरुष ती कुरालाई त्यति महत्वपूर्ण मान्दैनन । यो स्थिति उल्टो पनि हुन सक्छ । राजीव र रञ्जनाको कुरा अर्कै छ । राजीवसँग यस्तो कुरा छ, उसलाई आफ्नो पत्नीसँग साझा कुरा गर्न चाहन्छ । तर घर र अफिसको काममा अल्झिएकी रञ्जनासँग पतिको कुरा सुन्न समय नै हुन्न । सायद यही कारण एक अर्कालाई सम्झने, नजिक आएर कुरा गर्न कारण मात्र बचेको हुन्छ । दुबैलाई लागेको छ कि भावनात्मक जोड छैन, जसरी एक पति र पत्नीबीच हुनुपर्छ ।

श्रद्धा र दिपको स्थिति थोरै अलग छ । तर, समस्या यस्तै हो । विवाह भएको पाँच वर्षपछि पनि श्रद्धालाई गुनासोहरु दिपकसँग सेयर गर्न पाउँदिनन् भन्ने छ । श्रद्धा बताउँछिन तर दिपकले आरामसँग भन्छन । तर उनको कुरा पुरै दिपक सुन्दैनन् । कुरा सकिन लाग्दा नै निष्कर्श आउँछ । श्रद्धालाई दिपकले कहिल्यै नबुझ्ने, कुरालाई आफ्नै तरिकाले सम्झाउने कोशिष दिपक गर्छ । विशेषज्ञका अनुसार, खुसीपूर्ण वैवाहिक जीवनको लागि आपसी बातचित हुन आवश्यक छ । विवाह भएको छैन भनेपनि सम्बन्ध जति वर्षको भएपनि, पति पत्नीलाई एक अर्काबीच कुरा गर्नु, सुन्नु जरुरी हुन्छ ।

कठिन समयमा पति पत्नीबीच घनिष्ठता र निकटताको भावनाले सम्बन्ध प्रगाढ हुन मद्यत गर्दछ । आफ्नो सम्बन्धमा सुमधुर बनाउनको लागि तरिका छन्, आफ्नो विचार र भावना एक अर्कामा साझा गर्नु, प्रतिक्रिया दिनु, महशुष गर्न सक्नुपर्छ । सम्बन्धको शोधमा यसलाई तपाइँको साथीको आवश्यकताप्रति उत्तरदायी भनिन्छ । पति पत्नीबीच राम्रो सम्बन्धको लागि निकटता आवश्यक छ । दुबैलाई सुन्नु जरुरी छ ।

पति पत्नीबीच सुमधुर सम्बन्ध हुनुको अर्थ केवल बोलेको बोल्यै गर्ने होइन । यसको लागि स्रोता हुनु जरुरी हुन्छ । यदी एक अर्कालाई नसुन्ने हो भने सम्बन्ध कहिल्यै बन्दैन ।

अध्ययनले भन्छ, एक औसत व्यक्ति, दिनको ४५ देखि ७० प्रतिशत अर्कालाई सुन्नमा खर्च गर्छन् । तर प्रत्येक २४ घण्टाको अवधिमा, तपाइँको पार्टनरको साथ, तपाइँको लागि गुणवक्ता समय अत्यन्तै कम हुन्छ । अधिकांश जोडी प्रतिदिन औसत ९ मिनेटको लागि अर्थपूर्ण रुपबाट बातचित गर्छन् । यदी तपाइँ सुन्नमा समय दिनुहुन्न भने शायद तपाइँ सुक्ष्म संकेतलाई बुझ्ने अवसर गुमाउँदै हुनुहुन्छ । तपाइँको पार्टनर कस्तो महशुष गर्दैछ, शायद तपाइँ दुबैलाई नजिक ल्याउन सक्छ ।

सुन्नु एक कला हो जसलाई विकसित गर्न सकिन्छ । यो एउटा यस्तो कौशल हो जो जसले प्रभावी ढंगलाई बताउँछ । भाषाको प्रकार र प्रयोग गर्दाको आवाजको धुन र याहाँ सम्मकी तपाइँको साथमा कुरा गर्ने व्यक्ति कुन भाषाको उपयोग गर्दैछ, त्यो बताउँछ । तपाइँ अधिक ध्यानले सुन्न सिक्नुहुन्छ र तपाइँ राम्रो श्रोता हुनुहुन्छ भने तपाइँको साथीले तपाइँलाई सबैकुरा भन्न सक्छ ।

कुरालाई सुन्नुहोस्
बातचितको दौरान तपाइँको दिमागमा कयौँ तरिकाको विचार आउनु स्वभाविक हुन्छ । तर तपाइँ यो बानीको बारेमा जान्नुहुन्छ भने यो प्रवृति हटाउन सजिलो छ । केहि अध्ययनको अनुसार, औसत व्यक्त १२५ देखि १८० शब्द प्रति मिनेटको दरले कुरा गर्छन् । जबकि हामी प्रति मिनेट लगभग ४०० देखि ५०० शब्दको दरले सुन्न सकिन्छ ।

वक्ताको तुलनामा श्रोता जहिल्यै एक राम्रो स्थितिमा हुन्छन र यही कारण नै हो कि तपाइँ काम गर्ने या खाना पकाउनेको बारेमा सोच्दै भएपनि वक्ताले भनेको कुरा बुझ्नुहुन्छ । एक अर्को महत्वपूर्ण कुरा जसलाई मानिसहरु नदेखे जस्तो गर्छन् । यदी तपाइँको साथी कुरा गर्न चाहन्छ र तपाइँ ध्यान नदिन सक्नुहुन्छ भने इमान्दारीले नबोल्नुहोस वा पछि कुरा गर्नको लागि समय निर्धारण गर्नुहोस् । फेरै टिभी बन्द गर्नुहोस, आफ्नो स्मार्टफोन टाढा राख्नुहोस र सँगै बस्नुहोस । यो व्यवहारले तपाइँ आफ्नो साथीलाई सम्मान गर्नुहुन्छ या उ प्रति समर्पित हुनुहुन्छ भन्ने बुझिन्छ ।

१. बीच बीचमा नबोल्नुहोस
२. केवल सुन्नुहोस
३. कोही सल्लाह नदिनुहोस
४. कुरा गरेको समय मोबाइल, ग्याजेट बन्द गर्नुहोस
५. जवाफ दिनुभन्दा अगाडि सोच्नुहोस् । एजेन्सीकाे सहयाेगमा


 

तपाईँको मत