प्रेरणा

"के लिएर अाउनु भाे, सर ?"

"के लिएर अाउनु भाे, सर ?"
- मेराे हातमा झाेला देखेर कार्की दाइलाई खुल्दुली भएछ ।

"कदर पत्र हाे, दाइ !" मैले भनें,-

"श्राद्धकाे सीधा भए घरमै ल्याइदिन्थे । याे त अाफैं बाेकेर ल्याउनु पर्ने चिज परेछ; बाटामै सीसा फुट्ने चिन्ताले सताइरह्याे, जाेगाएर ल्याइपुर्याएँ ।"

बस्नेत काकाले मेराे झाेलाबाट कदर पत्र निकालेँ, जुवारीकाेटकाे भित्री गाेजीबाट थैली निकाले, थैलीबाट चश्मा निकाले, नाकको डाँडीमा अड्याए, कदर पत्रकाे ब्यहाेरा पढे, अनि अाेठ लेब्र्याएँ ।

"बुढाले त अाेठ पाे लेब्र्याए नि, सर !" काकाले नसुन्ने गरी कार्की दाइले मेराे कानमा फुसफुसाए, अनि भने,-

"किन, काका ! सरलाई बधाई दिनु पर्दैन?"

काकाले भने, "मलाई त,-

"काम गर्ने सिलसिलामा सम्मान पाउने
तिर्सना कहिल्यै जागेन;
का.स.मू. फाराम भरेर पठाए तापनि 
"फाइल" कहिल्यै फापेन; 
अाफूले पढाएका विद्यार्थीले मेराे अध्यापनलाई के भन्ठान्छन्, थाहा भएन,-
मलाई अाफू एक उत्कृष्ट शिक्षक हुँ
भन्ने त झन् कहिल्यै लागेन ।"

मैले भनें,-

"त्यसैले त काठमाडौंका मेयर साब र प्रशासकीय प्रमुखज्यूबाट प्रदान गरिने दाेसल्ला र कदर पत्रले अाफ्नाे र अाफूले काम गर्ने स्कुल (भक्त विद्याश्रम) काे कद बढ्ने हुँदा हिजो रातभरि निद्रा लागेन ।"

तपाईँको मत