आज गाई पूजा : किन गरिन्छ गाईको पूजा ?
- गाउँ सहर संवाददाता
- २३ कार्तिक सोमबार, २०८३ | १०:३४:०० मा प्रकाशित
काठमाडौं । नेपालीहरूको दोस्रो महान् पर्व तिहारमा आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भन्ने गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनि आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास पनि रहेको छ ।
किन गरिन्छ गाईको पूजा ?
गाईलाई हिन्दूधर्मावलम्बीहरु गौमाता तथा लक्ष्मीस्वरुपाका नामले पुकार्ने गर्दछन् । गाईको सेवा गरेमा सबै पाप नष्ट हुने जनविश्वास छ । गौमाताको सिङको तल्लो भागमा ब्रह्मा र भगवान विष्णुको बास हुन्छ । साथै सिङको अग्र भागमा तीर्थ रहने विश्वास गरिन्छ । साथै बीचमा महादेवले बास गर्दछन् ।
गाईको निधारमा गौरी, नाकको अग्र भागमा भगवान कार्तिकेय, नाकको दुई प्वालमा कम्बल र अश्तर नाग बस्ने गर्दछन् ।
गाईको कानमा अश्विनी कुमार, आँखामा चन्द्रमा र सूर्यदेव, दाँतमा आठ वशुगण, जिब्रोमा वरुण, कण्ठमा माता सरस्वतीको वास हुने गर्दछ ।
सबै देवीदेवताहरु गौमाताको शरीरमा रहने भएकोले गाईलाई पूजा गर्ने गरिन्छ । सबै देवी देवताहरु र सबै तीर्थ व्रतादीहरु गाईको शरीरमा लिप्त रहने भएकोले गौमातालाई लक्ष्मीस्वरुप मानेर पूजा गर्ने गरिएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाँच दिनको मौसम पूर्वानुमान : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते
- लगातार चार हारपछि पोखरा एभेन्जर्सको पहिलो जित
- एनपीएल : आज कर्णाली–पोखरा र चितवन–काठमाडौँ भिड्दै
- अब सरकारी ठेक्कामा काम गर्ने श्रमिकको पनि सामाजिक सुरक्षा, न्यूनतम ज्याला र अधिकार सुनिश्चित गरिने
- गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण
- यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई
- रसुवा–भोटेकोशी बाढीबाट ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्बभन्दा बढीको क्षति
- आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान
- घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मनाइयो
प्रतिकृया दिनुहोस