कला

गीतकार विदुर तिमल्सिनाको नयाँ गीत ‘कतै देखिँदैनौ’ सार्वजनिक

काठमाडौं । गीतकार विदुर तिमल्सिना ‘देवदूत’ को नयाँ गीत ‘कतै देखिँदैनौ’ सार्वजनिक भएको छ।

गीतमा गायक राज सागरको स्वर तथा संगीत रहेको छ भने संगीत संयोजन राजन इशानले गरेका छन्। गीतको ध्वनि मिश्रण तथा मास्टरिङ प्रकाश मिश्रले अक्वेस्टिक नेपाल स्टुडियोमा सम्पन्न गरेका हुन्।

सांगीतिक प्रस्तुतिलाई थप आकर्षक बनाउन तबलामा अनन्त प्रजापति, भायोलिनमा यतिराज अधिकारी, बाँसुरीमा रोहित भाट, रिदम गितारमा सञ्जीव गौतम तथा बास गितारमा अविस सुन्दासको साथ रहेको छ।

गीतको भिडियोमा सन्त बहादुर थापा ‘मिलन’, ईश्वर बल्लभ उप्रेती, पुरुषोत्तम नेपाल र उमेश बहादुर शाह ले छायाङ्कन गरेका छन्। भिडियोका डि.ओ.पी. रामकुमार के.सी. हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्। दृश्य निर्माण लाइमलाइट नेपालले गरेको हो।

गीत तथा गजल लेखनमा सक्रिय तिमल्सिनाका हालसम्म दुई दर्जनभन्दा बढी गीत विभिन्न चर्चित गायक–गायिकाहरूको स्वरमा सार्वजनिक भइसकेका छन्। ‘कतै देखिंदैनौ’ मार्फत पनि उनले प्रेम, संवेदना र भावनात्मक अनुभूतिलाई सशक्त शब्दमा प्रस्तुत गरेका छन्।

सार्वजनिक भएको यो गीतले उत्कृष्ट शब्द, सुमधुर स्वर, आकर्षक संगीत तथा स्तरीय दृश्य संयोजनका कारण संगीतप्रेमी दर्शक–श्रोतामाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ।

गीत भिडियाेमा हेर्नुहाेस् 

गाउँ सहर संवाददाता

तपाईँको मत