गीतकार विदुर तिमल्सिनाको नयाँ गीत ‘कतै देखिँदैनौ’ सार्वजनिक
- गाउँ सहर संवाददाता
- २४ असार बुधबार, २०८३ | २०:०१:०० मा प्रकाशित
काठमाडौं । गीतकार विदुर तिमल्सिना ‘देवदूत’ को नयाँ गीत ‘कतै देखिँदैनौ’ सार्वजनिक भएको छ।
गीतमा गायक राज सागरको स्वर तथा संगीत रहेको छ भने संगीत संयोजन राजन इशानले गरेका छन्। गीतको ध्वनि मिश्रण तथा मास्टरिङ प्रकाश मिश्रले अक्वेस्टिक नेपाल स्टुडियोमा सम्पन्न गरेका हुन्।
सांगीतिक प्रस्तुतिलाई थप आकर्षक बनाउन तबलामा अनन्त प्रजापति, भायोलिनमा यतिराज अधिकारी, बाँसुरीमा रोहित भाट, रिदम गितारमा सञ्जीव गौतम तथा बास गितारमा अविस सुन्दासको साथ रहेको छ।
गीतको भिडियोमा सन्त बहादुर थापा ‘मिलन’, ईश्वर बल्लभ उप्रेती, पुरुषोत्तम नेपाल र उमेश बहादुर शाह ले छायाङ्कन गरेका छन्। भिडियोका डि.ओ.पी. रामकुमार के.सी. हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्। दृश्य निर्माण लाइमलाइट नेपालले गरेको हो।
गीत तथा गजल लेखनमा सक्रिय तिमल्सिनाका हालसम्म दुई दर्जनभन्दा बढी गीत विभिन्न चर्चित गायक–गायिकाहरूको स्वरमा सार्वजनिक भइसकेका छन्। ‘कतै देखिंदैनौ’ मार्फत पनि उनले प्रेम, संवेदना र भावनात्मक अनुभूतिलाई सशक्त शब्दमा प्रस्तुत गरेका छन्।
सार्वजनिक भएको यो गीतले उत्कृष्ट शब्द, सुमधुर स्वर, आकर्षक संगीत तथा स्तरीय दृश्य संयोजनका कारण संगीतप्रेमी दर्शक–श्रोतामाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ।
गीत भिडियाेमा हेर्नुहाेस्
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
प्रतिकृया दिनुहोस