सुशीला कार्कीलाई समर्थन गर्दै बालेनकाे राष्ट्रपतिलाई यस्ताे आग्रह
- गाउँ सहर संवाददाता
- २५ भदौ बुधबार, २०८२ | २२:३३:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले 'जेन-जी' पुस्ताले ल्याएको आन्दोलनलाई समर्थन गर्दै अब देशलाई अन्तरिम सरकारको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन् । शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि गरिएको प्रस्तावमा आफ्नो पूर्ण समर्थन रहेको बताएका हुन्।
पोस्टमार्फत जेन-जी पुस्ताको सुझबुझ, विवेक र एकताको प्रशंसा गर्दै उनीहरूले देशलाई सुनौलो भविष्यतर्फ डोऱ्याइरहेको उल्लेख गरेका छन् । उनले अहिलेको विषम परिस्थितिमा धैर्य र संयम राख्न जेन-जी पुस्तालाई आग्रह गर्दै, अब बन्ने अन्तरिम सरकारको मुख्य काम चुनाव गराएर देशलाई नयाँ जनादेश दिनु रहेको स्पष्ट पारेका छन्।
अहिले नै नेतृत्वमा आउन चाहने युवाहरूलाई लक्षित गर्दै शाहले भनेका छन्, "तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन।" उनले स्थायी नेतृत्वका लागि निर्वाचन अवश्यक हुने भएकाले हतार नगर्न आग्रह गरेका छन्।
अन्त्यमा, उनले राष्ट्रपतिलाई जेन-जीको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्नका लागि तत्काल अन्तरिम सरकार गठन गर्न र संसद विघटन गर्न आग्रह गरेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस