गाउँ सहर
संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक
- गाउँ सहर संवाददाता
- २५ भदौ बुधबार, २०८२ | ११:२९:०० मा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल भइरहेको आन्दोलनलाई जोडेर ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनि शीर्षक राखेर भ्रामक प्रचार भइरहेको प्रहरीले स्पष्ट पारेको हो ।
अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्बिरलाई प्रयोग गरी सामाजिक सञ्जालमा यस्तो खालको भ्रम फैलाइएको प्रहरी प्रधान कार्यालयले बुधवार जनाएको हो ।
प्रहरीले यस विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक समाचार सिर्जना गरेर स्थितिलाई थप भड्काउने कार्य नगर्न समेत सबैमा अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
प्रतिकृया दिनुहोस