समयमा काम नसक्ने दुई दर्जन ठेकेदार कम्पनीसँग स्पष्टीकरण
- गाउँ सहर संवाददाता
- २३ श्रावण शुक्रबार, २०८२ | ०७:५४:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएपछि सरकारले सात दिने स्पष्टीकरण मागेको छ ।
अनुगमन कार्यालयले सुरुमा ३० दिनको म्याद दिएर स्पष्टीकरण माग्दा पनि नबुझाएका कम्पनीहरुको सूची सार्वजनिक गर्दै ती कम्पनीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन मौका दिएको हो ।
स्पष्टीकरण चित्तबुझ्दो नभए कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनिक खरिदका कुनै पनि प्रक्रियामा भाग लिन पाइँदैन ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सम्बन्धित कार्यालयले कालोसूचीमा राख्न भनेर सिफारिस गरेकाले सातदिने स्पष्टीकरण मागिएको हो ।
यी हुन् सातदिने स्पष्टीकरण सोधिएका कम्पनीहरु
सडक डिभिजन नुवाकोटबाट मात्रै ६ वटा कम्पनीहरुलाई कालोसूचीमा राख्न सिफारिस भएको छ । ती कम्पनीहरुमा टेम्पा नुर्बु तामाङ मुख्य व्यक्ति रहेको गरिबी उद्धार ज्ञानेन्द्र घले एण्ड कुमार निर्माण सेवा, रेव कुमार पौडेल मुख्य व्यक्ति रहेको गौरीगाई निर्माण सेवा, राजु तितुङ तामाङ मुख्य व्यक्ति भएको लोबेन निर्माण सेवा, नबिन घले मुख्य व्यक्ति भएको मनकामना कन्स्ट्रक्सन प्रालि, सानुमाया लामा मुख्य व्यक्ति भएको शिलाकन्या देवी कन्स्ट्रक्सन प्रालि र गोसबहादुर तामाङ मुख्य व्यक्ति भएको लाङलाङ/मानेज्यार्सा जेभी छन् ।
कालोसूचीमा राख्न सिफारिस भई सात दिने स्पष्टीकरण सोधिएका कम्पनीहरुमा चिनियाँ कम्पनीहरु समेत छन् । ग्रामिण सडक सन्जाल सुधार आयोजना ललितपुरकाे सिफारिसमा पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङकाृे कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनीसँग पनि सात दिने स्पष्टीकरण मागिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनको तोलाको मूल्य दुई लाखनजिक
- यू-२० महिला एसियन कप छनोट : नेपाल र साउदी अरेबिया भिड्दै
- शिक्षा समितिबाट उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित
- साताकाे अन्तिम दिन शेयरबजारमा बढाेत्तरी, यी हुन् उच्च अंकले मूल्य बढ्ने कम्पनी
- भ्रष्टाचारी ठहरिए बागमतीका मेयर भरत थापा, उपमेयरलाई सफाइ
- स्वाट्टै घट्याे शेयर काराेबार, नेप्सेपनि घटेर बन्द
- बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ, ७ मन्त्री नयाँ
- कुलिङ पिरियड छानबिन समितिले बुझायो प्रतिवेदन
- म्याग्दीको गुर्जाखानीमा भूकम्प
- सुनको मूल्यलेले नयाँ रेकर्ड बनायो
प्रतिकृया दिनुहोस