सामुदायिक विद्यालयमा अभिभावककाे आँखा पर्दै
- शुसिल चन्द्र ज्ञवाली
- १२ श्रावण सोमबार, २०८२ | १०:१२:०० मा प्रकाशित

नेपालमा अहिले विशेष गरि दुई प्रकारका शैक्षिक संस्था रहेका छन् । जुन संस्थाहरू विद्यार्थी बालबालिकाकाे भविष्यका लागी शिक्षाकाे उज्यालो किरण छर्दै आएका छन् ।
निजी शैक्षिक संस्थाकाे गुणस्तरियताप्रति खासै प्रश्न खडा भएकाे पाइँदैन । तर सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तरीयताप्रति अहिले पनि प्रश्न खडा छ ? तर केही सामुदायिक विद्यालयले विस्तारै मुहार फेर्दैछन् र कतिपय सामुदायिक विद्यालय देशकै नमुना विद्यालयका रूपमा स्थापतित भएका छन् ।
नेपालमा हाल सामुदायिक र संस्थागत गरि जम्मा ३५ हजार पाँच सय २० विद्यालय छन् । शिक्षा मन्त्रालयका अनुसार नेपालमा २७ हवा ३ सय ४३ सामुदायिक विद्यालय छन् । तर सबै सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तरमा समान रहेकाे देखिँदैन । कुनै सामुदायिक विद्यालय विद्यार्थी संख्या र भाैतिक पूर्वाधारका रूपमा अब्बल हुँदै नमुना विद्यालयका रूपमा स्थापित भएका छन् भने कतिपय सामुदायिक विद्यालय विद्यार्थीकाे भर्ना संख्या न्यून हुँदै गएकाे छ ।
कतिपय सामुदायिक विद्यालय अब्बल बनाउनुमा प्रधानअध्यापक र व्यवस्थापन समिति, अभिभावकहरूकाे महत्त्वपूर्ण भुमिका रहेकाे देखिन्छ । प्रधानअध्यापककाे चिन्ता, चासाे, याेजना, लगनशिलता, इमानदारीता र भिजनका कारण केही सामुदायिक विद्यालयहरूले काँचुली फेर्दै नमुना विद्यालयका रूपमा स्थापित भएका छन् ।
सामुदायिक विद्यालयलाई काँचुली फेराउनका लागि प्रधानअध्यापकहरूले गरेका उदाहरण प्रशंसायाेग्य नै छन् । जस्तै : शान्ति नमुना मा.वि. मणिग्राम रूपन्देही, कालिका मानव विज्ञान, कान्ति मा.वि रूपन्देही, भिमाेदय मा.वि. चितवन, रत्न राज्य मा.वि. काठमाडौं, श्री डहु मावि रामेछाप लगायत अन्य राम्रा सामुदायिक विद्यालयमा भर्ना पाउन मुस्किल छ ।
विगतका समयमा सामुदायिक विद्यालयमा विद्यार्थीकाे खासै आकर्षण थिएन किनभने निजी विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गराउने र शैक्षिक गुणस्तर पनि राम्रो भएकाेले अभिभावक र विद्यार्थीकाे पहिलाे राेजाइनै निजी विद्यालयप्रति हुन्थ्याे । निजी विद्यालयकाे आकर्षणकाे कारणले सामुदायिक विद्यालयका विद्यार्थीकाे संख्या घट्ने क्रम जारी थियो । यसैकारण सामुदायिक विद्यालयका प्रधानअध्यापकहरू चिन्तित थिए। सामुदायिक विद्यालयप्रति अविभावक र विद्यार्थीकाे विकर्षणकाे अवस्था सिर्जना हुने खतराकाे संकेत देखा पर्दैथिए ।
प्रंशसाका उदाहरणका रूपमा हेर्न सकिन्छ रूपन्देही जिल्ला मणिग्राम अवस्थित शान्ति नमुना मा.वि, शान्ति नमुनाका प्रधानअध्यापक कुलप्रसाद लामिछाने । विगतमा आफ्नाे विद्यालयकाे विद्यार्थी संख्या निरन्तर घट्न थालेपछि उनि चिन्तित बन्न थाल्छन् । आफ्ना छिमेकी बालबालिकाहरू अंग्रेजी माध्यमबाट पढाइ हुने निजि विद्यालयमा जान थालेपछि दैलै अगाडीकाे विद्यालयप्रति माेह घट्नु स्वभाविकै हाे । उनै लामिछाने कसरी सामुदायिक विद्यालयप्रति माेह जगाउन सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्छन् र स्कुलका सबै शिक्षकहरूसँग सल्लाह गरेर अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गर्छन् ।
अधिकांश सरकारी सेवामा समर्पित राष्ट्र सेवक कर्मचारीका छाेरा छारी निजी विद्यालयमा अध्ययन गरिरहेका थिए । तर उनै प्रअ जसले सामुदायिक विद्यालयबाट पनि छाेराछाेरीकाे भविष्य सुनाैलाे बनाउन सकिन्छ भन्ने हेतुले आफ्नै छाेरा छाेरीलाई आफूले पठाउने स्कुलमा भर्ना गरेर सामुदायिक विद्यालयप्रति माेह जगाउन सकिन्छ भन्ने प्रेरणाको स्राेत बनेका छन् । उनी बताउँछन्- विगतमा ३ सय विद्यार्थीहरूले अध्ययन गर्दथे तर अहिले उनकाे विद्यालयमा ६हजार ५ सय विद्यार्थीले अध्ययन गर्छन् । २०८१ काे एसइइ मा १८ जनाले ४ जिपिए ल्याएपछि देशभरकै सर्वाेकृष्ट नतिजासहित अब्बल विद्यालयकाे रूपमा स्थापित भएकाे छ ।
पूर्व प्रअ घनश्याम पाठक पनि विद्यार्थी संख्या घटिरहेकाे र सामुदायिक विद्यालयप्रति माेह कम देखिएपछि उनले विभिन्न प्रविधि, अंग्रेजी माध्यम, सूचना प्रविधिकाे प्रयाेग र भाैतिक स्राेत र साधनकाे उच्तम प्रयाेग उनकाे निरन्तर मेहनत र याेजनाका कारण आज देशकै अब्वल सामुदायिक विधालयकाे रूपमा स्थापित भएकाे छ । जसलाई देशभरिकै शबभन्दा बढि विद्यार्थी भएकाे स्कुलकाे नामबाट परिचत छ । जहाँ करिव आठ हजार विद्यार्थीले अध्ययन गर्दछन् ।
यी माथिका उदाहरण मात्रै हुन् । प्रअ र व्यवस्थापन समितिका कारणले नै सामुदायिक विद्यालयले काँचुली फेर्दै छन् । विद्यालयप्रति अभिभावक, विद्यार्थी र सराेकारवालाकाे चासो र आकर्षणकाे केन्द्रका रूपमा स्थापित हुँदैछन् ।
सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन, शैक्षिक गुणस्तर कायम गर्न, विद्यायलयलाई आकर्षण र प्रविधिमैत्री बनाउनका लागी अभिभावक, शिक्षक र विद्यार्थीकाे त्रिकाेणात्मक सम्बन्धबाट नै विद्यालयलाई थप उचाइमा लैजानका लागि प्रअहरूलाई थप हाैसला सिर्जना हुनुका साथै याेजना, रणनीति, लक्ष्य, बनाएर कार्यान्वयन गर्नका लागी थप टेवा पुग्दछ । (शुसिल चन्द्र ज्ञवाली, रूरूक्षेत्र-३ थानपति गुल्मी)
प्रतिकृया दिनुहोस