आज कुन-कुन प्रदेशमा वर्षा, हावाहुन्डरीको सम्भावना ?
- गाउँ सहर संवाददाता
- ४ जेठ आइतबार, २०८२ | ०७:०८:०० मा प्रकाशित

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परिरहेको छ।
जसका कारण आज आइतबार पनि देशभर विभिन्न स्थानमा मौसम बदली वर्षा, हुरी र हिमपातको सम्भावना देखिएको छ।
मौसम महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।
यस क्रममा दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भानवा छ।
यस्तै आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
यस क्रममा राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भानवा रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भू-भागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘सगरमाथा संवाद २०२५’ घोषणापत्र जारी, जलवायु वित्त परिचालन गर्न जोड
- ब्रिटिस कलेजको व्यवस्थापनमा पोखरामा ए-लेभल सुरु
- संसदमा सांसदहरूका कुरा (लाइभ)
- आज कुन-कुन प्रदेशमा वर्षा, हावाहुन्डरीको सम्भावना ?
- प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- मे १७: तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा
- थेसिस बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
- हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेशपछि छुटे हिरासतमुक्त भएपछि रवीन्द्र मिश्र
- ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदै, १७५ विदेशी पाहुना काठमाडौंमा
- पूर्वमन्त्री माेहन बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
प्रतिकृया दिनुहोस