गाउँ सहर
वैशाख १२ मै अर्थात आज सिन्धुपाल्चोकमा गयो भूकम्प
- गाउँ सहर संवाददाता
- १२ बैशाख शुक्रबार, २०८२ | १२:२९:०० मा प्रकाशित

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ११:५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, यो गोरखा भूकम्पको चार म्याग्निच्युडमाथिको ६०३औँ परकम्प हो । ०७२ वैशाख १२ गते बिहान ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पको शुक्रबार १० वर्ष पूरा भएको छ ।
गोरखा भूकम्पका सानाठूला गरेर हालसम्म ६० हजारभन्दा धेरै परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस