पठाओ नेपालले सुरू गर्याे ‘पठाओ रेन्टल’ सेवा
- गाउँ सहर संवाददाता
- १ बैशाख सोमबार, २०८२ | २०:२९:०० मा प्रकाशित

काठमाडौँ । पठाओ नेपालले ‘पठाओ रेन्टल’ सेवा सुरु गरेको छ । ‘मुभिङ नेपाल’को आफ्नो संकल्पलाई अघि बढाउँदै कम्पनीले उक्त सेवा सुरु गरेको जनाएको छ । अब प्रयोगकर्ताले मोबाइल एपमार्फत कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म सहजै बुक गर्न सक्नेछन् ।
पठाओ रेन्टल सेवामा प्रयोगकर्ताले कम्तीमा एक घण्टा अगाडि वा बढीमा सात दिनअघि नै गाडी बुक गर्न सकिने कम्पनीको भनाइ छ । विवाह, पिकनिक, पर्यटन तथा कार्यालयको प्रयोजनका लागि पनि आवश्यकताअनुसारका गाडी बुक गर्न सकिनेछ । पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार सवारी बुक गर्दा प्रयोगकर्ताले आफैंले भाडा प्रस्तावसमेत गर्न सक्नेछन् भने दुवै पक्षबीच सहमतिपछि यात्रा सुनिश्चित हुनेछ ।
निर्धारित भाडामा सडक दस्तुर, पार्किङ, इन्धन र रातको बसाइलगायतका सबै खर्च समेटिनेछ । ‘पठाओ रेन्टल सेवा यात्रुहरूको सहजता र पठाओका चालकका लागि अतिरिक्त आम्दानीको अवसरका लागि ल्याइएको हो’ बस्न्यातले भने, ‘यस सेवामार्फत यात्रालाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएका छौँ ।’
कम्पनीका अनुसार अन्य सेवामा जस्तै यस सेवामा पनि बीमाको सुविधा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार प्रयोगकताएले २४सै घण्टा गाडी बुक गर्न सक्नेछन् भने यात्रा अवधिमा कुनै गुनासा सम्बोधन गर्नका लागि २४सै घण्टा ग्राहक सहायता सेवा सञ्चालनमा ल्याइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस