फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित, बसिरको साहसिक इनिङ
- गाउँ सहर संवाददाता
- ३१ चैत आइतबार, २०८१ | १४:४२:०० मा प्रकाशित

काठमाडौं । नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ। नेपाललाई ३ रनले पराजित भएको छ ।
खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले मात्र उत्कृष्ट पारी खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन्।
जितको लागि १ सय ७५ रनको लक्ष्य पछाएको नेपाल १९ ओभर ३ बलमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ७१ रनना समेटियो।
अत्यन्त खराब सुरूवात गरेको नेपालले २८ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो। कुशल भुर्तेल ३ रनमा, आशिफ शेख २१ रनमा तथा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी बिना रनको खाता नखोली आउट भए।
चार खेलाडी आउट भए। यसपछि पनि कुनै खेलाडीले इनिङ्स सम्हाल्न सकेनन्। निरन्तर अन्तरालमा विकेट झरि नै रहयो। कप्तान रोहित पौडेल पनि ७ रनमा आउट भए। सोमपाल कामी ४ रनमा गुल्सन झा ९ रनमा र करण केसी ४ रनमा आउट हुँदा नेपाल हार नजिक पुगेको थियो ।
मात्र ९२ रन बनाउँदा नेपालले ८ विकेट गुमाइसकेको थियो। यसपछि छैटौं क्रमका बसिर अहमद र नन्दन यादवाले नवौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। बिष्फोटक ब्याटिङ गर्दै नन्दन १८ ओभर २ बलमा ३७ रन जोडेर आउट भए। यतिखेर नेपालले १६४ रन बनाएको थियो।
अन्तिम ओभरमा नेपाललाई जितको लागि ११ रन जरूरी थियो। अुनदीप चिन्थामाराको अन्तिम ओभरको पहिलो बलमा नो बल फ्याँके। बसिरले छक्का प्रहार गरे। तर उनी यसको उुई बलपछि आउट हुँदा नेपाल ३ रनको झिनो हार बेहोर्न बाध्य भयो। बसिरले विष्फोट ब्याटिङ गर्दै ४३ बलमा ८ चौका र ४ छकमका सहित ८० रनको पारी खेले। तर पनि नेपाल पराजित हुन पुग्यो।
बलिङमा अुनदीप चिन्थामाराले ३ विकेट लिए। यासिन पटेल र नविनराज राजेन्द्रनले२/२ विकेट झारे।
यसअघि नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो। कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ दय ७४ रन बनायो।
ओपनर राभिजा सन्दरुवान र क्लिन्टो एन्टोले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे। क्लिन्टो २६ रन जोडेर नन्दन यादवको बलमस आउट भए। दोस्रो विकेट पनि नन्दनले नै लिए। मिट भावसार १६ रनमा पबिलियन फर्किए।
यसपछि २३ रन बनाएका उसमान पटेललाई कुशल भुर्तेलले आउट गरे। तेस्रो विकेट गुमाउँदा कुवेतले १२७ रन बनाएको थियो। ओपनर राभिजा क्रिजमा टिके। उनले २८ बलमा अर्धशतक बनाए। उनको विकेट करण केसीले लिए। ३६ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनको महत्वपूर्ण पारी खेले।
राभिजा आउट भएपछि बिलाल ताहिर ९ रनमा रन आउट हुँदा ७ रन बनाएका मोहम्मद उमर तथा २ रन बनाएका यासिन पटेलललाई सोमपाल कामीले आउट गरे। कप्तान मोहम्मद अशलाम अविजित १३ रनना रहे।
बलिङमा नन्दन यादवले ४ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए। सोमपाल कामीले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए। करण केसी र कुशल भुर्तेलले समान १/१ विकेट लिए। यो खेलमा ललित नारायण राजवंशी विकेट विहिन रहे।
नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो। कुवेतले भने हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस