पर्यकटीय गाउँ चिनाउन नयाँ वर्षमा उकालो दौड प्रतियोगिता हुने
- गाउँ सहर संवाददाता
- २९ चैत शुक्रबार, २०८१ | १०:१४:०० मा प्रकाशित

तनहुँ । तनहुँमा पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ बर्ष २०८२ को पहिलो दिन ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुने भएको छ । पोखराका तालतलैयादेखि हिमालयका शुन्दर दृश्य, विभिन्न जिल्लाका दृश्यवलोकन, राष्ट्रिय फुल लालिगुरासको अवलोकनका साथै ग्रामीण परिवेश नियाल्न सकिने शुक्लागण्डकी नगरपालिका २ भूजिकोट–स्थानथोकमा अन्नपूर्ण युवा क्लव कोत्रेको आयोजनामा प्रतियोगिता हुने भएकोे हो ।
आयोजक क्लवका पुर्व अध्यक्ष एवं कार्यक्रमका संयोजक खेम गुरुङ्गले भूजिकोटसँगै समग्र वडामा पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले १८ देखि ४५ बर्ष उमेर समुहमा महिला र पुरुष सहभागी हुने गरी खुला दौड प्रतियोगिता हुने जानकारी दिए । शुक्लागण्डकी नगरपालिका वडा न २ को पर्यटकीय क्षेत्र भुजिकोट, स्थानथोक सहित यहाँ रहेका पुराना सास्कृतिक बस्ती, आदिबासी समुदायको संस्कृति, घरबास कार्यक्रम, ऐतिहासिक स्थलको अवलोकन र दृश्यावलोकन मार्फत यस क्षेत्रको प्रचार गर्न प्रतियोगिता सफल हुने संयोजक गुरुङ्गको विस्वास रहेको छ ।
क्लवका अध्यक्ष अनिल खनालको अध्यक्षतामा भएको कार्यक्रममा दौड सहित गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुती प्रदर्शन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । अध्यक्ष खनालले देशभरका २०० जना धावक सहभागी गराउने उदेश्य रहेको र उत्कृष्ट २० जनासम्मलाई मेडल मार्फत सम्मान गर्ने बताए ।
कार्यक्रमका प्रवक्ता तिर्थराज खनालले प्रतियोगितामा सहभागी भई विजेता हुने प्रथम सहित पाँचौ सम्मका धावकलाई क्रमश, ३३ हजार तीन सय ३३, २२ हजार दुई सय २२, ११ हजार एक सय ११, पाँच हजार पाँच सय ५५ र तीन हजार तीन सय ३३ नगद सहित सम्मान गरिने जानकारी दिए । कोत्रे चोकदेखि स्थानथोकसम्मको ९ किलोमिटरको दुुरीमा प्रतियोगिता हुने जनाउदै प्रवक्ता खनालले धावकको नाम दर्ताका लागि रु दुई सय ५० शुल्क लाग्ने बताए । प्रतियोगिता सम्पन्न गर्न तीन लाख लागत अनुमान गरिएको जनाए । क्लवले यस अघि २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो । कोरोना महामारी लगायतका विभिन्न कारणले रोकिएको प्रतियोगिता अव बर्षेनी आयोजना गर्ने क्लवले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
प्रतिकृया दिनुहोस