राप्रपा लुम्बिनीले आज बुटवलमा प्रदेशस्तरीय आमसभा गर्दै
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण शनिबार, २०८१ | ०९:४९:०० मा प्रकाशित

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनीले आज बुटवलमा प्रदेशस्तरीय आमसभाको तयारी गरेको छ । ट्राफिक चोकमा हुने उक्त कार्यक्रममा राप्रपाले शक्ति प्रदर्शनको रूपमा तयारी गरेको हो ।
लुम्बिनीमा राप्रपाका उपाध्यक्ष धुव्रबहादुर प्रधान, महामन्त्री धवलशमशेर राणा, सहमहामन्त्री ताहिर अली, केन्द्रीय सल्लाहकार समिति संयोजक निरन्जन थापा, सचिव प्रदीप उदयसहितका नेताहरूको गृह प्रदेश हो ।
लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका प्रदीप उदयले सातै प्रदेशमा यस्तो जनसभा गरिरहेको र बुटवलमा प्रदेशको शक्ति प्रदर्शन गरिने र पार्टीका सबै शीर्ष नेताहरूले सम्बोधन गर्ने बताएका छन् ।
उनका अनुसार यो सरकारविरूद्वको खबरदारी हो । सभाभन्दा अगाडि विभिन्न क्षेत्रबाट मोटरसाइकल र्याली निकालिने उनले बताए । ‘देशमा बढेका विकृति र विसंगतिविरूद्वको अभियान राप्रपाले सुरू गरेको हो’ उनले भने, ‘यसलाई जनजागरणका रूपमा लिएका हौं । मुलुकले निकास खोजेको छ, सबै अट्ने नयाँ समझदारी गरेर अगाडि जानुपर्छ । राष्ट्रियता संकटमा परेकोले सबै जाग्न जरुरत छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस