साताको दोस्रो कारोबार दिन पनि नेप्स परिसूचक घट्याे
- गाउँ सहर संवाददाता
- २९ पौष सोमबार, २०८१ | १५:१८:०० मा प्रकाशित
काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि नेप्स परिसूचक घटेको छ । आइतबार २५ दशमलव ४१ अंकले घटेर दुई हजार ६०९.६७ बिन्दुमा झरेको बजार आज १५.५४ अंकले घटेर दुई हजार ५९४.१३ अंकमा झरेको हो ।
यसदिन कारोबार रकम भने उचालिएको छ । आइतबार तीन अर्ब ९९ करोड ७९ लाख रुपैयाँको ८० लाख ८१ हजार ६३१ कित्ता शेयर खरिदबिक्री भएकोमा आज छ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर कारोबार भएको हो ।
यसदिन १३ वटै उपसमूहको शेयर घटेकोमा कारोबारमा आएका २४३ कम्पनीमध्ये १७५ कम्पनीको शेयर घटेको छ । ६३ कम्पनीको शेयरमूल्य बढ्दा पाँचवटाको भने स्थिर रहेको छ ।
सोमबार आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताको शेयरमा नकारात्मक सर्किट लाग्दा बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज जैविक विविधता दिवस मनाइँदै
- मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठन
- एसईई २०८१ को परीक्षा तालिका सार्वजनिक, चैत ७ गतेदेखि शुरू
- फास्ट फुड एशोसियशनको अध्यक्षमा होमबहादुर र महासचिवमा श्रेष्ठ निर्वाचित
- आज माघी पर्व, थारु समुदायले विशेष रुपमा मनाउँदै
- नागरिक लगानी कोषको ३० औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांस पारित
- विपद्बाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न १ खर्ब १ अर्ब १२ कराेड लाग्ने
- बाढी पहिरोबाट सवा एक लाख भौतिक संरचना सखाप, सबैभन्दा बढी निजी आवासमा क्षति
- थुनछेक बहस नसकिएपछि रवि लामिछाने न्यायिक हिरासतमै
- यस्ताे छ माघ महिनाका लागि वाणिज्य बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदर
प्रतिकृया दिनुहोस