यस्ताे छ माघ महिनाका लागि वाणिज्य बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदर
- गाउँ सहर संवाददाता
- २९ पौष सोमबार, २०८१ | १५:०२:०० मा प्रकाशित

काठमाडौं । आगामी माघका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० मध्ये १८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदर यथावत राखेका छन् ।
नेपाल एसबीआई र कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन् । नेपाल एसबीआईले पुसमा ६ प्रतिशत रहेको ब्याजदर माघका लागि अधिकतम ५.५ प्रतिशत कायम गरेको हो ।
यस्तै कृषि विकास बैंकले पुसमा ५.५७ प्रतिशत रहेको ब्याजदर माघका लागि ५.५१ प्रतिशत कायम गरेको हो । माघमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिने बैंकमा एनएमबी र एनआईसी एसिया छन् । दुवै बैंकले ६.६ प्रतिशत ब्याजदर दिने भएका हुन् ।
आर्थिक वर्ष तेस्रो त्रैमासदेखि ब्याजदर केही परिवर्तन हुने अपेक्षा भए पनि बैंकहरू तत्काल ब्याजदर बढाउने पक्षमा नरहेको देखिन्छ । अहिले पनि बैंकिङ प्रणालीमा ३ खर्बभन्दा धेरै अधिक तरलता भएर राष्ट्र बैंकले प्रशोचन गर्नुपर्ने अवस्था छ ।
कर्जा मागमा ठूलो परिवर्तन भएको र दुई महिनापछि सरकारले पूँजीगत खर्च बढाउँदै जाँदा निक्षेपमा थप बढ्ने भएकाले चालु आव ब्याजदर बढी हाल्ने अवस्था नरहेको बैंकर बताउँछन् ।
माघमा पनि कर्जाको मागमा ठूलो परिवर्तन नदेखिए ब्याजदर बढी हाल्ने अवस्था भने नरहेको उनले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस