एनपीएलः विराटनगरविरुद्ध काठमान्डु गाेर्खाजको जित
- गाउँ सहर संवाददाता
- ३० मङ्सिर आइतबार, २०८१ | १४:४०:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ।
विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौंका प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए। माइकल लेभिटले १०, जेरार्ड एरास्मर्सले १२, रसिद खानले १४, शंकर रानाले १६ र दीपेश कँडेलले ११ रनको योगदान दिए।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। अनिल खरेल, बसिद अहमद र क्रिस सोलले दुईदुई विकेट लिए।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभर ५ बलमा ११७ रनमा समेटिएको थियो। विराटनगरलाई सस्तोमा समेट्न काठमाडौंका जेरार्ड एरास्मसले विकेट लिए। दीपेश कंडेलले २, करण केसी, शाहव आलम र डान सौथवैटले एकएक विकेट लिए।
ब्याटिङमा विराटनगरका राजेश पुलानीले सर्वाधिक २५ रन बनाए। २१ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे।
दीपक बोहराले २०, निकोलस किर्तोनले १२, स्कट एडवार्ड्सले १५, लोकेश बमले ८, बसिर अहमदले १३, इस्मत आलमले ५ र क्रीस सोलले १ रनको योगदान दिए। कप्तान सन्दीप लामिछाने र अनिल खरेल ० रनमा आउट हुदा सुभाष भण्डारी ५ रनमा अविजित रहे।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
प्रतिकृया दिनुहोस