जनकपुरमाथि चितवनको जित, विराटनगर किंग्स र पोखरा एभेन्जर्स बाहिरिए
- गाउँ सहर संवाददाता
- २९ मङ्सिर शनिबार, २०८१ | १६:५०:०० मा प्रकाशित

काठमाडौं । जिम्मी निशमले आक्रमक खेल्दै बाउन्ड्रीको वर्षा लगाए पनि उनको जनकपुर बोल्ट्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार चितवन राइनोजले ३२ रनले पराजित गर्यो । निशमले २४ बलमा ६५ रन बनाए पनि १ सय ८१ रनको लक्ष्य लिएर आएको जनकपुर १८ ओभरमा १ सय ४८ रनमा अलआउट भयो ।
चितवनले यस विजयसँगैं प्लेअफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । राउन्ड रोबिन लिगको सबै ७ खेल खेलिसकेको चितवनको ८ अंक रहेको छ । १० अंकसहित पहिलो स्थानमा रहेर प्लेअफमा स्थान निश्चित गरिसकेको जनकपुरले क्वालिफायर्स १ मा पुग्ने मौका तत्काललाई गुमाएको छ । यो सम्भावनाका लागि जनकपुरले अब अरु टोलीको नतिजामा भर पर्नु पर्ने हुन्छ ।
सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवनको समान ८ अंकसहित क्रमशः दोस्रो देखि चौथो स्थानमा छन् । काठमान्डु गुर्खाज ६ अंकसहित पाँचौं स्थानमा छ । चितवनको यस विजयले विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्लेअफको औपचारिक दौडबाट बाहिरिएका छन् ।
निशमले १८ बलमै अर्धशतक बनाएका थिए । उनी २१ बलमा ५८ रनमा हुँदा सोहेल तनवीरको बललाई क्याच दिन पुगेका थिए । तर तनवीरको ओभर स्टेप भएकाले नो बल रहेका कारण पेभेलियन तिर गइरहेका निशम पुनः क्रिजमा आएका थिए । फ्रि हिटमा प्राप्त अवसरलाई निशमले छक्का प्रहार गरेका थिए ।
निशमले कुल ५ चौका र ६ छक्का प्रहार गरि ६५ रन बनाई तनवीरकै बलमा आउट भए । निशम र मोहम्मद मोहिसनले २६ बलमा ६० रनको साझेदारी गरे । मोहसिन १२ बलमा २ चौका प्रहार गरि १३ रन बनाई रनआउट भएपछि यो साझेदारी टुटेको थियो । पहिलो ओभरमा दुई चौका प्रहार गरेका अनिल साह सोहि ओभरको अन्तिम बलमा रिजन ढकालको बलमा आउट भए । लाहिरु मिलान्था १ र हर्ष ठाकेर ६ रनमै आउट भए । शुभ कंसाकारले १२ बल खेलि २ चौका र १ छक्काका साथ १५ रन बनाए । ओपनर आसिफ शेखले २६ बलमा ४ चौकासहित २३ रन बनाए । रिजन, तनवीर र कप्तान कुशल मल्लले २–२ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको चितवनले कप्तान कुशल मल्लको ७२ रनमा १८०–५ को स्कोर बनाएको थियो । कुशल र रवि बोपाराले चौथो विकेटमा ६७ बलमा १ सय १३ रनको साझेदारी गरेपछि चितवनले मजबुत स्कोर बनाएको थियो । कुशलले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । बोपाराले ३२ बल खेली ५ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाए ।
आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै काठमाडौं गुर्खाजले प्लेअफ प्रवेश सम्भावना बलियो बनाएको छ ।
प्लेअफमा प्रवेशका लागि कर्णाली याक्स, काठमाडौं गुर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच ३ स्थानको लागि प्रतिस्पर्धा रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस