एनपीएल : विराटनगर किङ्ससँग चितवन राइनोज पराजित
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर शुक्रबार, २०८१ | १६:३७:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ससँग चितवन राइनोज पराजित भएको छ।
शुक्रबार भएको खेलमा विराटनगरसँग चितवन ५१ रनले पराजित भएको हो। योसँगै चितवनले प्लेअफ पुग्न जनकपुर बोल्ड्ससँग खेल कुर्नुपर्ने भएको छ।
विराटनगरले भने प्लेअफ पुग्ने सम्भावना जिवितै बनाएको छ। ६ खेल खेलेको चितवनको ६ अंक छ। विराटनगरले समान खेलबाट चार अंक पुर्याएको छ।
विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो।
चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे । उनले २९ बलमा ३ चौका र २ छक्का जोडे । सन्तोष कार्कीले २५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन जोडे । सन्तोष सन्दीप लामिछानेको बलमा बसिर अहमदबाट क्याच आउट भए । सन्तोषले चौथो ओभरको अन्तिम बलमा जीवनदान पाएका थिए । प्रतिस जिशीको बलमा सन्तोषलाई बाउन्ड्रीमा रहेका बसिर अहमदले क्याच मिस गरेका थिए । त्यस समयमा सन्तोषले ७ रन बनाएका थिए ।
कप्तान कुशल मल्लले २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । कुशल क्रिस सोलको बलमा प्रतिस जिशीबाट समातिए । रवि बोपारा २४ बलमा २० रन जोड्दै सुवास भन्डारीको बलमा बोल्ड आउट भए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा क्रिस सोल, बसिर अहमद रसुवास भन्डारीले समान १ विकेट लिए ।
यस अघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो ।
एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन बनाए ।
बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरे ।
बसिरले राजेश पुलामीसँग मिलेर छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को अर्धशतकिय साझेदारी गरे ।
मध्यक्रमका बसिर अहमद र राजेश पुलामीले विष्फोटक साझेदारी गर्दै विराटनगरलाई बलियो स्कोरमा पुर्याए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस