पत्रकार महासंघको निर्वाचन आज, अध्यक्षमा ४ उम्मेदवार
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर शुक्रबार, २०८१ | १०:५५:०० मा प्रकाशित

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । आज महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।
अपराह्न ४ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा र लाल सिंह (एलएस) लामा उम्मेदवार छन् ।
शर्मा प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलबाट, विष्ट प्रेस युनियनको विद्रोही, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट तथा सापकोटाले क्रियाशील पत्रकारहरुको साझा मोर्चाबाट उम्मेदवारी दिएका हुन् । लामाले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष पदमा शर्मा प्यानलबाट दीपक आचार्य, विष्ट प्यानलबाट रोशन पुरी र सापकोटा प्यानलबाट गोविन्दप्रसाद चौलागाईं उम्मेदवार छन् ।
यसैगरी महिला उपाध्यक्ष शर्मा प्यानलबाट नितु पण्डित, विष्ट प्यानलबाट गंगा पौडेल प्रतिस्पर्धामा छन् । सापकोटा प्यानलबाट महिला उपाध्यक्षको उम्मेदवार छैनन् ।
समावेशी उपाध्यक्षमा शर्मा प्यानलबाट उमिद बागचन्द, विष्ट प्यानलबाट सुभाषप्रसाद शाह प्रतिस्पर्धामा छन् ।
यसैगरी महासचिव पदमा शर्मा प्यानलबाट रामप्रसाद दाहाल, विष्ट प्यानलबाट लेखनाथ न्यौपाने र सापकोटा प्यानलबाट जन्मदेव जैशी उम्मेदवार छन् ।
कोषाध्यक्ष पदमा शर्मा प्यानलबाट रामकृष्ण ज्ञवाली र विष्ट प्यानलबाट रामकृष्ण अधिकारी उम्मेदवार छन् ।
सचिव पदमा शर्मा प्यानलबाट रमेश खतिवडा (खुला), सोनी शर्मा (महिला), सविन प्रियासन (आदिवासी जनजाती), अशोक कुमार तिवारी (मधेशी), प्रकाश धौलाकोटी (दलित), वैकुण्ठ पराजुली (एसोसिएट) उम्मेदवार छन् ।
विष्ट प्यानलबाट सचिव पदमा उत्तरसिंह विष्ट (खुला), सरिता बराइली (महिला), भिसन राई (आदिवासी जनजाती), श्रीजन झा (मधेशी), बसन्त विक (दलित) र विकास कार्की (एसोसिएट) उम्मेदवार छन् ।
लेखा समिति संयोजकमा शर्मा प्यानलबाट केसी लामिछाने र विष्ट प्यानलबाट ध्रुव कुमार रावल उम्मेदवार छन् ।
सापकोटा प्यानलबाट सचिव पदमा कुमार ओझा (खुला), टीकाराम प्रधान (आदिवासी जनजाती), प्रविण कुमार चौधरी (मधेशी), सन्तोष कुमार बराइली (दलित) र योगेश खपाङ्गी (एसोसिएट) उम्मेदवार छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस