चितवन र काठमाडौं दिउँसाे खेल्दै, अहिले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर बुधबार, २०८१ | ०८:३६:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमिलयर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।
आज बिहान जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गरिरहेको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
जनकपुर अपराजित टोली हो भने सुदूरपश्चिमले एक खेल गुमाएको छ ।
जनकपुर यो खेलमा जित निकालेमा २ खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाउनेछ ।
जनकपुर ४ खेलमा ४ जितसहित पहिलो र सुदूरपश्चिम ३ जितसहित दोस्रो स्थानमा छन् ।
अङ्कतालिकाको शीर्ष २ मा रहेको यी दुई टोलीबीचको खेल यो खेल शेख दाजुभाइको ब्याटलका रूपमा पनि हेरिएको छ ।
अहिलेसम्म जनकपुर अपराजित रहेको छ भने, सुदूरपश्चिमले एक खेलमा पराजय व्यहोरेको छ ।
यस्तै आजै हुने अर्को खेलमा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजको सामना गर्नेछ । लुम्बिनी मङ्गलवारको खेलमा उत्कृष्ट लयमा देखिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस