नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर सोमबार, २०८१ | १५:३४:०० मा प्रकाशित

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी पदबाट स्वतः निलम्बनमा परेका छन्।
पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनी विरुद्ध राहदानीमा केरमेट र जालझेल गरेको आरोप पनि लगाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। झुटो विवरण पेस गरी सरकारी सेवामा प्रवेश गरेको अख्तियारले ठहर गरेको छ।
विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै सिलवाल निलम्बनमा परेका छन्। कुनै पनि सरकारी सेवा कार्यरत अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा स्वतः निलम्बन पर्ने कानुनी व्यवस्था छ।
सिलवाल निलम्बनमा परेसँगै बीमा प्राधिकरण नेतृत्वविहीन बन्न पुगेको छ। प्राधिकरण रिक्त रहेको कार्यकारी निर्देशक पदमा नियुक्ति भइनसकेको अवस्थामा अब प्राधिकरणको कामकाज ठप्प हुने देखिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस