गाउँ सहर
धराप बनेकाे झोलुङ्गे पुल तर्दै विद्यार्थी
- ४ मङ्सिर मंगलबार, २०८१ | २३:१०:०० मा प्रकाशित
रामेछाप । गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ र सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ६ चैनपुर जोड्ने पुछिघाटको झोलुङ्गे पुलबाट जोखिम मोलेर सिन्धुलीको खल्टेमा रहेको दीर्घ प्रदिम माध्यमिक विद्यालयमा पढ्न आउँदै विद्यार्थी ।
कक्षा ६ देखि १२ सम्म अध्ययनरत २८ जना विद्यार्थी र पाकेको धानबाली भित्र्याउन किसान पनि यो पुलबाट दैनिक आवत जावत गर्न बाध्य छन् । तस्बिरः रमेश ढुंगेल, रासस
प्रतिकृया दिनुहोस