पोखरा चाइल्ड स्टारको उपाधि कृष्मा र आश्रयलाई
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर सोमबार, २०८१ | ०६:०४:०० मा प्रकाशित

पाेखरा । पोखरा चाइल्ड स्टार सिजन–३ को उपाधि कृष्मा जिसी र आश्रय भुषालले जितेका छन् ।
बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेनमेन्ट हाउसकाे आयोजनामा शनिबार पोखरामा सो प्रतियोगिताको फाइनल भएको हो ।
मिस पोखरा चाइल्ड स्टार बनेकी कृष्मा सिर्जना आवासीय माविकी हुन् । यस्तै, स्टेप बाई स्टेप स्कुलका आश्रयले अरुलाई पछि पार्दै मिस्टर पोखरा चाइल्ड स्टारको उपाधि जिते भने ऋषभ राना फस्ट रनर अप भए । उनले इन्टेलेक्चुअल अवार्डसमेत जिते ।
मिस पोखरा चाइल्ड स्टारतर्फ फस्ट रनर अप दीप्तिका गुरुङ भइन् । उनले मल्टिट्यालेन्ट अवार्ड समेत जितिन् । मन्जिता खत्री सेकेण्ड रनर अप, आर्या बराल थर्ड रनर अप भए । आर्याले एक्सप्रेस क्वीन अवार्ड पति जितिन् ।
यस्तै, रविना विश्वकर्माले वेस्ट क्वाट वाक, एरिका आचार्यले मिस पपुलर अवार्ड, ज्योत्स्ना बरालले फोटो जेनिक अवार्ड, हृजुता बरालले स्वीट स्माइल अवार्ड र गौरवी विकले मिस पपुलारिटी अवार्ड जितेका छन् ।
गत वर्ष सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका थिए ।
यसपालि, पोखरा उद्योग वाणिज्य संघ सभाहलमा करिब ४ घण्टा चलेको कार्यक्रममा निर्णायकमा डा.दीपमाला श्रेष्ठ गुरुङ, अम्बिकाप्रसाद भट्टराई, झलक गुरुङ, इ.अनिल ढुंगाना र माया गुरुङ थिए ।
आयोजक नन्द इन्टरटेनमेन्ट हाउसका निर्देशक देवेन्द्र शाहीले कार्यक्रम संचालन गरेका थिए । शाही स्वयंको कोरियोग्राफी थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस