डेंगुको प्रकोप बढ्दै, देशभर १२ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २० कार्तिक मंगलबार, २०८१ | १४:५२:०० मा प्रकाशित

काठमाडौं । डेंगु सङ्क्रमणको प्रकोप बढ्दै जाँदा गण्डकीका ६ जिल्ला उच्च जोखिममा परेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको हो । पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा मात्र १३ हजार ८९८ जना सङ्क्रमित भेटिएका छन् । गण्डकी प्रदेशमा डेंगुका कारण ८ जनाको मृत्यु भइसकेको छ ।
प्रदेशभित्र सबैभन्दा धेरै प्रभावित जिल्लामा कास्की रहेको छ । प्रदेशमा ७ हजार १६१ सङ्क्रमित फेला परेका छन् । त्यसैगरी तनहुँमा २ हजार २२६ जना सङ्क्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार यसवर्ष २८ हजार २१२ सङ्क्रमित भएका भएका छन् ।
यस्तै देशभर डेंगुबाट १२ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा पनि सङ्क्रमणको दर उच्च रहेको छ । काठमाडौंमा ४ हजार ३१३ र ललितपुरमा १ हजार १११ सङ्क्रमित भेटिएका छन् । त्यसैगरी पर्वतमा १ हजार ६७७ र चितवनमा १ हजार ९९ सङ्क्रमित पुष्टि भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस