चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात
- गाउँ सहर संवाददाता
- २४ असोज बिहीबार, २०८१ | ०५:४३:०० मा प्रकाशित

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी बढी भएको वर्षायामको एक अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।
प्राधिकरणले साउनमा तीन अर्ब ९९ करोड ५६ लाखको विद्युत् निर्यात गरेको थियो भने भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो । साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट निर्यात गरिएकोमा भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको हो । दुर्ई महिनाको विद्युत् निर्यातको औसतदर प्रतियुनिट सात रुपैयाँ ३३ पैसा रहेको छ । साउनको प्रतियुनिट औसतदर आठ रुपैयाँ ११ पैसा थियो भने भदौमा छ रुपैयाँ ६२ पैसा रहेको छ ।
प्राधिकरणका अनुसार भदौको तेस्रो साता (१६-२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्ता (९-१५ गते) मा ६९ करोड आठ लाखको विद्युत् निर्यात भएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालु आर्थिक वर्षको दुई महिनामा चार अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस