अर्थतन्त्र
दसैंअघिको सेयर बजारमा सामान्य अंककाे वृद्धि
- गाउँ सहर संवाददाता
- २३ असोज बुधबार, २०८१ | १६:४४:०० मा प्रकाशित
काठमाडौँ । दसैं बिदा अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक झण्डै ५ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको ०.१८ प्रतिशतले बढ्दा नेप्से २ हजार ६ सय ६८.१७ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से २७ अंकले घटेको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १३० कम्पनीको सेयरमूल्य बढ्दा १०२ वटाको घट्यो । बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।
सो दिन ४० हजार १३१ पटकको कारोबारमा ८३ लाख १२ हजार ६८५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, लगानी, जीवन बिमा र व्यापार बाहेक सबैको परिसूचक बढे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अस्ताउँदो सूर्यको पूजा गरिँदै आज छठ पर्व मनाइँदै
- ट्रम्पकाे शपथ ग्रहण गर्न ७५ दिन लाग्ने: यस अवधिमा के हुन्छ; वाइडेनले कसरी शक्ति हस्तान्तरण गर्नेछन् ?
- यु-१९ महिला विश्व कप छनोटमा नेपालको विजयी सुरुवात
- अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
- सामान्य अंकले घटेकाे नेप्सेमा काराेबार रकमभने बढ्याे
- वा.............शैलुङ
- ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
- अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि १० राज्यमा मात्र मतगणना बाँकी, २५ मा ट्रम्प र १५ मा ह्यारिस
- २५ प्रदेशमा डाेनाल्ड ट्रम्प अगाडि, ८ मा कमला ह्यारिस
- ३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि
प्रतिकृया दिनुहोस