गाउँ सहर
सिन्धुलीबाट रामेछाप जाेड्ने खुर्काेटस्थित पुल
अपडेट : बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ बेपत्ता
- गाउँ सहर संवाददाता
- १५ असोज मंगलबार, २०८१ | ०८:२७:०० मा प्रकाशित
काठमाडाैं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्।
प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको उनले बताए। बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी उनले दिए।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको तथा यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए। रासस
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राप्रपामा अध्यक्षको अधिकार के हो र होइन भन्ने टुंगो केन्द्रीय कार्य समितिमा हुने अवस्था विकसित
- शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड
- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात
- भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन
- सप्तमी, अष्टमी-नवमी र दशमीका दिनमा चार प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली
- आज सप्तमी, दसैँ घरमा फूलपाती भित्र्याइँदै
- ग्लोबल आइएमई बैंक र माइजोइबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने
- दसैंअघिको सेयर बजारमा सामान्य अंककाे वृद्धि
- गीतकार विश्व बल्लभको निधन
- अब पानी पार्ने मनसुन हट्दै
प्रतिकृया दिनुहोस