शेयर बजारमा लाग्याे तीज, काराेबार रकम ९ अर्बमा सीमित
- गाउँ सहर संवाददाता
- २० भदौ बिहीबार, २०८१ | १५:०५:०० मा प्रकाशित

काठमाडौं । तीज अघिल्लाे दिन अर्थात साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयरबजारमा पनि राताम्मे भएर तीज लागेकाे छ । यसदिन नेप्सेमा तिव्र उतारचढाव देखिएको छ । यस दिन बजार खुलेलगत्तै ओरालो लागेको शेयर दिउँसो ११ बजेर १६ मिनेटपछि उकालो लागेको थियो । तर अन्तिममा दाेहाेराे अंकले घटेर बन्द भएकाे छ ।
२७१३.२७ बिन्दुबाट उकालो लागेर दिउँसो ११:२८ मा २७३८.०४ बिन्दुमा पुगेको परिसूचक त्यसपछि उतारचढावका बीच घट्दै गएर दिउँसो १२:३३ मा सबैभन्दा कम २६८७.३३ बिन्दुमा पुग्यो ।
त्यसपछि उतारचढावपूर्ण बजार दिउँसो २:३९ बजे २७५८.५९ अंकमा पुगेको थियो । त्यसपछि बजार पुन: ओरालो लाग्यो । २७१५ को बिन्दुमा झरेर २७२७.३६ मा पुगेर बजार बन्द भयो । नेप्से परिसूचक २७ सय बिन्दुभन्दा तल पुगेको थियो ।
अन्तिम समयमा भने नेप्से परिसूचक २७०० विन्दुभन्दा माथि नै बन्द भएको छ ।
यसदिन कारोबार रकम पनि घटेको छ । आज ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको २ करोड १५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस