सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहद्वारा दाबी पेस
- गाउँ सहर संवाददाता
- २० श्रावण आइतबार, २०८१ | १३:११:०० मा प्रकाशित

धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले आइतबार दिउँसो दाबी पेस गरेका हुन् ।
आइतबार बिहान बसेको दलको बैठकले पार्टी सभापतिको निर्देशनमा शाहलाई अघि सार्ने निर्णय गरेको थियो । शाहको समर्थनमा एमालेले समर्थ गरेको छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् । आइतबार नै शाहलाई नियुक्ति दिने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।
एमाले र कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसको भागमा पारिएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ र एमालेका ११ सांसद रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस